काठमाडौं । देशका विभिन्न क्षेत्रमा अपेक्षाअनुसार परिणाम नआइरहेका बेला नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट अन्ततः आफ्नो विजयी खाता खोलेको छ। मुस्ताङबाट कांग्रेस उम्मेदवार योगेश गौचन थकाली सानदार मतान्तरसहित निर्वाचित हुनुभएको हो। लगातार निराशाजनक नतिजाबीच आएको यो जितले कांग्रेस नेतृत्वलाई उल्लेखनीय राहत दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। ...