ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’


एबीसी न्यूज
माघ २३, २०८२ शुक्रबार  ४ : २८ बजे

काठमाडौं/पोखरा/विराटनगर : नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा ‘अबकी बार, सय पार’ नारा अघि सारेको छ। सभापति गगन थापाले पार्टी कार्यकर्तालाई सामाजिक सञ्जालको भ्युज-लाइक्स पछाडि नकुडी प्रत्येक घर पुग्न निर्देशन दिएका छन् भने मोरङ-६ बाट निर्वाचित शेखर कोइरालाले कार्यकर्ताहरूलाई नै ‘तपाईंहरू नै शेखर कोइराला हो’ भन्दै भावनात्मक अपिल गरेका छन्। दुई नेताको यो सन्देशले कांग्रेसको चुनावी रणनीति ‘घर-घर अभियान’ मा केन्द्रित भएको देखाउँछ।

‘सय पार’ को नारा, घर-घर पुग

पोखरामा पार्टी कार्यकर्तासँगको भेटमा सभापति गगन थापाले कांग्रेसलाई देशको एकमात्र संगठित पार्टी भन्दै बहुमत जित्ने दाबी गरे। उनले भने, “यो १६५ क्षेत्रमा चुनाव लडेको एउटा मात्र पार्टी कांग्रेस हो। कुनै कार्यकर्ताले रुख चिन्हबाहेक अन्त मत हाल्न पाइँदैन। अबकी बार यो सरकार भन्ने नारा छोडिदिनुस्, अबकी बार सय पार भन्नुस्। मज्जाले बहुमत ल्याउन सकिन्छ।”

थापाले १० लाख क्रियाशील सदस्य भएको पार्टीले असन्तुष्ट कार्यकर्तालाई फर्काउनुपर्ने बताए। गएको चुनावमा २७ लाखभन्दा बढी समानुपातिक मत पाएको स्मरण गर्दै उनले सामाजिक सञ्जालमा मात्र नअड्किन निर्देशन दिए: “हाम्रो तागत घर-घर पुग्न सक्नु हो। उम्मेदवारले ४ जना लिएर हिँड्नुस्, तर एउटा घर पनि छुट्नु हुँदैन। मतदातासँग बस्नुस्, गाली सुन्नुस्, प्रश्नको जवाफ दिनुस्।”

Nepali Congress President Gagan Thapa Says Nation Needs Leadership ...
(तस्विर : गगन थापा कार्यकर्तासँग हात उठाउँदै – पोखरा अभियानको दृश्य)

Nepali Congress President Gagan Thapa Arrives in Pokhara Ahead of ...
(तस्विर : गगन थापा स्थानीय कार्यकर्तासँग भेटवार्ता गर्दै)

शेखर कोइरालाको विराटनगर अपिल : ‘तपाईंहरू नै शेखर कोइराला हो’

विराटनगर महानगरपालिका वडा नं. ६ को वडा समितिमा पुगेका शेखर कोइरालाले निर्वाचित भएपछि क्षेत्रमा नगएको भन्ने आलोचनाको जवाफ दिए। कार्यकर्ताहरूले ‘शेखर कोइराला कहिले आउनुहुन्छ?’ भनेपछि उनले भावुक हुँदै भने, “तपाईंहरू नै शेखर कोइराला हो। यहाँ उपस्थित हरेक साथीमा म शेखर कोइराला देखिरहेको छु। तपाईंहरू टोल-घर पुग्नुस्, तब मात्र अरू दलले कांग्रेसको शक्ति बुझ्छन्।”

कोइरालाले वडा नं. ६ लाई पिछडिएको भन्दै विकासका लागि कांग्रेसको नेतृत्व अनिवार्य रहेको दाबी गरे। “नहरपारिको क्षेत्र अझै गाउँजस्तै छ, पाँच वर्ष कांग्रेसले सरकार चलाए मात्र पूर्ण विकास सम्भव छ,” उनले भने।

Alliance for the cause of Constitution: Shekhar Koirala - The ...
(तस्विर : शेखर कोइराला कार्यकर्तासँग सम्बोधन गर्दै – विराटनगर)

कांग्रेसको नयाँ रणनीति : सोसल मिडियाबाट घर-घर

दुवै नेताको सन्देशले कांग्रेसले पुरानो शैली छोडेर ‘घर-घर, टोल-टोल’ अभियानलाई प्राथमिकता दिएको देखाउँछ। गगन थापाले सामाजिक सञ्जाललाई सहयोगी मात्र मानेका छन् भने शेखर कोइरालाले कार्यकर्तालाई नै आफ्नो प्रतिरूप बनाउन निर्देशन दिएका छन्।

यो रणनीतिले २०७९ मा २७ लाख समानुपातिक मत पाएको कांग्रेसलाई यसपटक प्रत्यक्षमा पनि बलियो बनाउने लक्ष्य राखेको छ। तर, पार्टीभित्रको असन्तुष्टि र अन्य दलको डिजिटल लहरलाई चिर्न घर-घर पुग्ने अभियान नै निर्णायक हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

सम्बन्धित

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

चुनावअघि मन्दिर धाउँदै रास्वपा नेताहरू (भिडिओ/तस्विरसहित फिचर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com