काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाउनुपर्ने प्रश्ताव गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले नेपालले शान्ति र सगरमाथाको शीतललाई अर्थतन्त्र निर्माणको बलियो आधारमा रुपमा अघि बढाउनुपर्ने बताउनुभएको हो । मुलुकको अर्थतन्त्र वर्षौदेखि रेमिटयान्सको भरमा चलेको उल्लेख गर्दे सांसद अधिकारीले प्रविधिको विकासका लागि विश्वमा रहेका विज्ञहरुलाई नेपालको भौगोलिक तथा सांस्कृतिक विविधतामा रमाई काम गर्ने वातावरण बनाउन पनि सरकार लाग्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यो धर्तीको शान्ति र सगरमाथाको शीतलतालाई अर्थतन्त्रको बलियो आधार बनाउने कि रु वर्षौवर्ष रेमिटयान्सकै भरमा यसरी बाँचिरहने रु अव हामीले वर्किङ नेपाल मात्रै होइन, विश्वलाई नै वर्क फ्रम नेपालको निम्ति निम्तो दिनुपर्छ । प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरुलाई डिजिटल नो म्याट भिसा दिएर हाम्रो कला, संस्कृति, चाडपर्वले समृद्ध तराई, मधेस र हिमालको विविधता रमाई काम गर्न आकर्षित गरौँ ।’
सांसद अधिकारीले नेपालको भौगोलिक विविधता र समृद्ध कला संस्कृति विश्वका जोकोहीलाई लोभ्याउने उल्लेख गर्दै उहाँँले विश्वका प्रविधिका विज्ञहरुलाई नेपालमा नै बसेर काम गर्नसक्ने गरी आवश्यक भिसाको व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्