काठमाडौं । देशका विभिन्न क्षेत्रमा अपेक्षाअनुसार परिणाम नआइरहेका बेला नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट अन्ततः आफ्नो विजयी खाता खोलेको छ।
मुस्ताङबाट कांग्रेस उम्मेदवार योगेश गौचन थकाली सानदार मतान्तरसहित निर्वाचित हुनुभएको हो। लगातार निराशाजनक नतिजाबीच आएको यो जितले कांग्रेस नेतृत्वलाई उल्लेखनीय राहत दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
देशव्यापी रूपमा नयाँ दलहरूको प्रभाव बढिरहेको र परम्परागत दलहरू चुनौतीमा परेको अवस्थामा मुस्ताङको नतिजालाई कांग्रेसका लागि प्रतीकात्मक रूपमा महत्त्वपूर्ण मानिएको छ।
हिमाली भूगोल, सीमित मतदाता र स्थानीय मुद्दाले प्रभाव पार्ने मुस्ताङको निर्वाचन परिणामले देखाएको छ—राजनीतिक प्रतिस्पर्धा कडा भए पनि कांग्रेसले अझै केही क्षेत्रमा आफ्नो आधार कायम राख्न सफल भएको छ।
अब अन्य निर्वाचन क्षेत्रबाट आउने परिणामले कांग्रेसको समग्र स्थिति कस्तो रहने भन्ने स्पष्ट हुने राजनीतिक वृत्तको चासो रहेको छ।






प्रतिक्रिया दिनुहोस्