काठमाडौँ — सरकारले कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्षमाथि उमेर समूहका व्यक्तिहरुलाई फाइजर खोप आइतबारबाट दिने भएको छ । खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ । ...