ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोही भ्रममा नपरे हुन्छ, अर्लि इलेक्शन हुँदैन– माधव नेपाल


एबीसी / संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी मध्यपुरथिमि नगर सङ्गठन कमिटीले आज मध्यपुर थिमिस्थित बालकुमारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन सक्दैन भन्नुभयो ।

अध्यक्ष नेपालले सङ्घीय संसद्को चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने जनाउँदै भन्नुभयो, “कोही भ्रममा नपरे हुन्छ, अर्लि इलेक्शन हुँदैन, छिट्टै चुनाव हुनेवाला छैन, सङ्घीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ, आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रियसभाको चुनाव हुन्छ, रिक्त स्थानमा सङ्घीय उपनिर्वाचन पनि अब हुन्छ ।”उहाँले एमालेमा रहेका पार्टी कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै उनीहरुलाई जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुला रहेको बताउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “एमालेमा बसेर पछुताइरहनुभएको, तपाईँहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ, त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको, एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन, आउनोस् १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ ।”

अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा–टुक्रा हुन्छ भन्दै अहङ्कार अब धेरै दिन टिक्दैन भन्नुभयो । उहाँ भन्नुभयो “ देशरूव्यापीपमा आफ्नो पार्टीमा आउनेको लहर बढेको छ । निर्वाचनको मैदानमा हामी जित्नेछौँ, टक्कर लिनेहरुको हालत खत्तम बनाउने छौँ ।”कार्यक्रममा नेकपा समाजवादीका पोलिटव्यूरो सदस्य डा राजेन्द्रमान श्रेष्ठले आफ्नो कार्यकालमा शिलान्यास र उद्घाटन नगरे पनि प्रदेश सरकारबाट ल्याएको बजेटले जनताको पक्षमा काम गरेर देखाएको बताउनुभयो । त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज ध्रुवराज विष्टले नेकपा समाजवादीमा जनलहर बढेको जनाउँदै आगामी चुनावसम्ममा बलियो भएर पार्टी अगाडि बढ्ने दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा समाजवादीका जिल्ला कमिटी अध्यक्ष श्यामसुन्दर बस्नेतले अन्यपार्टीको काँध चढेर चुनाव जितेर दम्भ पाल्नेहरु अहिले नै एमाले छाड्दै समाजवादी पार्टीमा आउनेको जनलहर देखेर खुट्टा काम्न थालेको टिप्पणी गर्नुभयो ।कार्यक्रममा अध्यक्ष नेपालसहित अन्य अतिथिले मध्यपुरथिमिको शङ्खधरचोकमा रहेको राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिकमा माल्र्यापर्ण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com