ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज


एबीसी न्यूज
असार १, २०८३ सोमबार   १० : ००   बजे

काठमाडौं १ असार । सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दै छन्। संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्ष असार १ गतेभित्र प्रदेश सरकारले आफ्नो आयव्ययको विवरण प्रदेश सभामा पेश गर्नुपर्ने प्रावधानअनुसार आज सम्बन्धित प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले बजेट प्रस्तुत गर्न लागेका हुन्।

यसअघि नै सातै प्रदेश सरकारका नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेकाले बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ। प्रदेश सभाहरूले तय गरेको कार्यतालिकाअनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट सार्वजनिक गर्नेछ भने कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे आ–आफ्नो प्रदेश सभामा बजेट पेश गर्ने कार्यतालिका बनाएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ ५ बजे बजेट प्रस्तुत गर्ने तयारी पूरा गरेका छन्।

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, पूर्वाधार विस्तार, रोजगारी सिर्जना, कृषि, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने अपेक्षा गरिएको छ। बजेटमार्फत प्रदेश सरकारहरूले आगामी वर्षको आर्थिक नीति, कार्यक्रम तथा विकास योजनाको खाका सार्वजनिक गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

सम्बन्धित

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group