काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।
त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशको प्रगति र विकासलाई अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेकपा एमालेका ४० र विवेकशील साझा पार्टीका ३ सांसदले विपक्षमा मत दिएका छन् । नेकपा एमालेका ३ सांसद मतदानमा अनुपस्थित रहे ।
प्रतिक्रिया दिनुहोस्