काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएस“गै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताउनुभएको हो ।
उहा“ले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताउनुभयो । पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको बताउनुभयो । उहा“ले कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस एक डिग्रि सेल्सियससम्म पुगेको जानकारी दिनुभयो । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा शून्य डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताउनुभयो ।वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढीरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताउनुभयो ।
उहा“ले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौं लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताउनुभयो । वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने सुझाव दिंदै जाडोबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताउनुभयो ।वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्