ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनता नै देशका मालिक हुन् – प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताउनुभएको छ ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले कसैको कुरा मान्दैन, आफ्नो नीतिअनुसार काम गर्छ । निर्वाचनमा भएको हारजितलाई सबैलाई स्वीकार गर्नुपर्छ । प्रजातन्त्रमा आवधिक निर्वाचन अनिवार्य हुन्छ । प्रजातन्त्र भनेको जनताप्रति उत्तरदायी सरकार हो । सरकार जनताप्रति उत्तरदायी भएन भने अर्को सरकार आउँछ ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले नेपालको संविधानले सामान्य अवस्थामा संसद् भङ्ग गर्ने व्यवस्था नगरेको उल्लेख गर्दै यो प्रावधान मुलुकमा राजनीतिक स्थायित्वका लागि राखिएको धारणा व्यक्त गर्नुभयो । “अर्को कुरा संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ भनेको सर्वोच्च अदालत हो, अरूलाई यो अधिकार छैन । सर्वोच्चको व्याख्या सबैले मान्नैपर्छ”, उहाँले भन्नुभयो । नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग र समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको उहाँले बताउनुभयो । संविधानमा कुनै समस्या आए प्रजातान्त्रिक विधिबाट समाधान गर्न सकिने उहाँको धारणा थियो । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरेर प्रजातन्त्रलाई दिगो र समृद्ध बनाउन सके मात्र नेता गणेशमान सिंहप्रति सच्चा सम्मान हुने उल्लेख गर्नुभयो ।

विसं १९९७ सालदेखि नै राणा शासनविरुद्ध आन्दोलन थाल्नुभएको बताउँदै उहाँले प्रजातन्त्रका लागि ठूलो सङ्घर्ष गरी लामो जेल र निर्वासन जीवन बिताउनुभएका नेता सिंहले प्रजातन्त्र प्राप्तिपछि पदको कुनै लोभ नगरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकमा प्रजातन्त्र मास्नलाई तत्कालीन राजाले आफूलाई थुनेको र जनता सडकमा ओर्लिएपछि गणतन्त्र आएकोसमेत स्मरण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको भ्रमणका दौरान विश्वमा नै पेट्रोलियम पदार्थको विस्थापनसम्बन्धी बहसबारे अवगत गराउनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई पेट्रोलियम पदार्थको विस्थापन गर्न सहज छ, मुलुकमा जलविद्युत्को अपार सम्भावना छ । चुलो, गाडी, सवारीलगायतका साधन विद्युतीय बनाउन सक्छौँ ।” साथै उहाँले पछिल्लो समय नेपाल जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख गर्दै यसबाट बचाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिगमनविरुद्धको आन्दोलनमा तत्कालीन अवस्थामा प्राध्यापकलगायत नागरिक समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले अझै पनि राजनीतिक क्षेत्रमा गर्नुपर्ने धेरै काम बाँकी रहेको उल्लेख गर्दै राजनीतिक व्यवस्थाको स्थायित्वका लागि सबैको खबरदारीको आवश्यकता आँैल्याउनुभयो । फरक प्रसङ्गमा नेता सिटौलाले कांग्रेस महाधिवेशन समयमै गर्नुपर्ने र अहिलेको कार्यतालिका एक दिन पनि परिवर्तन गर्ने ठाउँ नरहेको उल्लेख गर्दै यसलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष एवं सङ्घीय सांसद भीमसेनदास प्रधानले हाल भइरहेको सर्वोच्च अदालतको विवादको उचित समाधान निकाल्न सरकारसँग आग्रह गर्नुभयो । कांग्रेसका पूर्वजिल्ला सभापति तीर्थराम डङ्गोल र प्रा धर्मकान्त बास्तोलाले प्रजातन्त्र स्थापना र पुनस्र्थापनमा गणेशमान सिंहको योगदान इतिहासले बिर्सन नसक्ने बताउनुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले २०६२÷६३ को जनआन्दोलन सफल पार्न आम प्राध्यापकको नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल प्राध्यापक सङ्घका तत्कालीन अध्यक्ष प्रा खगेन्द्रप्रसाद भट्टराईलाई स्वर्ण पदकबाट विभूषित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com