ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी हो कि खोलाको ?


एबीसी / संवाददाता

काठमाडौं । नेपाल खानेपानी संस्थान शाखा कार्यालयले वितरण गर्दै आएको धाराको पानी खोलाकै पानी जस्तो देखिन थालेको छ । विगतमा खानयोग्य पानी वितरण गर्ने कार्यालयले अहिले वितरण गर्ने गरेको पानी खान योग्य नभएको पाइएको हो । धारामा पानी निकै धमिलो र रातो जस्तो देखिने गरेकाले यहाँका बासिन्दा यो पानी खानेभन्दा अन्य काममा प्रयोग गर्न थालेका छन् ।

देवकोटा, तिनपैनी, मुनालपथ र रानी क्षेत्रको पानी ट्याङ्कीमा मुनालपथ बाहेकका सबै ट्याङ्की ४० वर्ष अगाडिका रहेको संस्थान प्रमुख शैलेन्द्र साहले बताउनुभयो । प्रत्येक ट्याङ्की ४५० घनमिटरका छन् । दैनिक विराटनगर क्षेत्रमा एक करोड २० लाख लिटर पानी वितरण भए पनि नगर क्षेत्रमा करिब दुई करोड लिटर पानीको माग रहेको उहाँको भनाइ थियो ।
देवकोटा पानी ट्याङ्कीबाट वितरण हुने पानी निकै फोहर, धमिलो र रातो माटो मिसिएको जस्तो देखिएकाले यसमा निर्भर उपभोक्ताले जार र बोतलका पानी प्रयोग गरिरहेका छन् । यसमा संस्थाले समयमै ध्यान दिनु आवश्यक रहेको स्थानीयवासी अर्जुन सुवेदीले बताउनुभयो । यस सम्बन्धमा संस्थानका प्रमुख साहले बाटो निर्माण गर्ने क्रममा केही ठाउँमा पानीका पाइप फुटेका कारणले यस्तो भएको हो, उपभोक्ताले पनि गुनासो गरिरहेको स्वीकार गर्दै सफा र खानयोग्य पानी वितरण गर्न संस्थान प्रतिबद्ध छ भन्नुभयो । उहाँले दिनमा तीन पटक वितरण गर्ने खानेपानीको न्यूनतम १० युनिटको महसुल रु ११० र यस अतिरिक्त प्रतियुनिट रु २५ लाग्ने संस्थानको नियम रहेको जानकारी दिनुभयो ।

वार्षिक रु सात करोडसम्म आम्दानी गर्न सफल खानेपानीले वितरण गर्ने पानीलाई सफा बनाउन र सुधार गर्न ‘जाइका’ नामक संस्थाले केही महिनापछि रु तीन अर्बको लगानीमा काम थाल्ने प्रमुख साहको भनाइ थियो । उहाँले यसका लागि विराटनगर महानगरपालिकाले वडा नं ५ मा जग्गा पनि उलब्ध गराइसकेकाले जाइकाले काम सम्पन्न गरेपछि विराटनगर क्षेत्रको खानेपानीको समस्या समाधान हुने जिकिर गर्नुभयो ।

केही वर्ष पहिले विराटनगरको खानेपानीमा जण्डिस हुने किटाणु देखिएपछि निकै समस्या भएको थियो भने यो समस्या पुनः दोहोरिन सक्ने उपभोक्ता रविन पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खानेपानी हो कि खोलाको पानी हो छुट्याउन गाह्रो छ ।” खानेपानी संस्थाले यस्तो पानी वितरण गर्न थालेपछि विराटनगर क्षेत्रमा जार, बोतलको पानीको व्यापार भने फस्टाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com