काठमाडौँ, ९ वैशाख। शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । लगातार बढ्दै आएको बजार आज ५०.१८ बिन्दुले उकालो लागेर एक हजार ४३८.४९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १०.०८ अंकले बढेर ३०४.१८ बिन्दुमा पुगेको ...