ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशी विदेशी एयरलाइन्सको बदमासि, करोडौ बक्यौता रकम तिर्न अटेर


admin

काठमाडौँ, ४ माघ । विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ ।

विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन तहसिल कार्यालयलाई अनुरोध गरेको जनाएको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियन एयरलाइन्सले रु ४३ हजार ६००, बरमा एयरवेजले रु एक लाख ८६ हजार ८५०, लुफथान्सा एयरले रु एक लाख ६३ हजार ६४४, गल्फ एयरले रु २७ लाख आठ हजार ७७७ बक्यौता रकम तिरेका छैनन् ।

यसैगरी, एयर सहाराले रु २४ लाख ७८ हजार १२६, बहराइन एयरले रु २४ लाख ६३ हजार ३७१, ओरियन्ट थाई एयरलाइन्सले रु पाँच लाख ८९ हजार ८१३, पाकिस्तान एयरलाइन्सले रु २६ लाख ८४ हजार २३८, सिंगापुर एयरलाइन्स रु पाँच लाख ५८ हजार १२८, किंग फिसर एयरलाइन्सले रु एक करोड १५ लाख ९७ हजार ५६२ बक्यौता तिरेका छैनन् ।

यस्तै जिएमजी एयरलाइन्सले रु एक लाख ५९ हजार १०१, युनाइटेड एयर एडिउफ रु तीन हजार ५३०, युनाइटेड एयरबेजले रु एक लाख ६ हजार ५५५, तुई एयरलाइन्सले रु नौ लाख ५८ हजार ४९८, हङकङ एक्सप्रेसले रु १९ लाख ६२ हजार ९७८ विमानस्थल प्रयोग गरेबापतका रकम तिरेका छ्रैनन् । कार्यालयका अनुसार ¥याक एयरबेजले रु एक लाख ८३ हजार ७७२, स्काइलाइन एयरबेजले रु सात लाख ३३ हजार २८० बक्यौता रकम पनि तिरेका छैनन् ।

नेपाली एयरलाइन्स पनि उस्तै 

विमानस्थल कार्यालयका अनुसार नेपाली एयरलाइन्स समेत बक्यौता रकम नतिर्ने सूचीमा रहेका छन् । सरकारी निकायलाई तिर्नुपर्ने रकम नतिरी अटेर गर्दै आएका ती वायु सेवा कम्पनी हाल धेरै जसो बन्द अवस्थामा छन् ।

कार्यालयका अनुसार एयर नेपालले रु ७८ हजार ८९७, एयर काष्ठमण्डपले रु तीन लाख २९ हजार २८४, अल्पाइन एयरले रु ७२ हजार ७२८, मकालु एयरले रु ९४ हजार २१८, कर्णाली एयरले रु १६ लाख ६४ हजार ५६, सांग्रिला एयरले रु दुई लाख ३७ हजार ९४४, अल्टिच्यूड एयरले रु तीन लाख २९ हजार ९४५ र माउण्टेन एयरले रु ५२ हजार २८१ बक्यौता रकम तिर्न बाँकी छ ।

यस्तै, नेपाल एयरबेजले रु ११ लाख ७९ हजार ३२०, नेकोन एयर अन्तरराष्ट्रियले रु ६२ लाख ८२ हजार ३२२, नेकोन एयर आन्तरिकले रु चार करोड १० लाख दुई हजार ७३०, हिमाल हेलिकप्टरले रु ६१ हजार ५१८, कस्मिक एयरले रु तीन करोड ३३ लाख १२ हजार ९०६, गरुड एयरले रु २७ हजार ४४०, गोरखा एयरलाइन्सले रु छ लाख ५७ हजार ५४५ बक्यौता तिर्न अटेर गर्दै आएका छन् ।

सञ्चालनमा रहेकाले समेत तिरेनन् 

विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार हाल सञ्चालनमा रहेका एयरलायन्सले रु ६६ करोड ३९ लाख ४६ हजार ३०८ रकम तिर्न अटेर गरेका छन् ।

सरकारी कार्यालय तथा संघसंस्थाले समेत रु ५५ करोड १२ लाख २१ हजार ८१६ तिरेका छैनन् । यस्तै, सञ्चालनमा नरहेका संघ÷संस्था÷फर्मको रु दुई करोड ९७ लाख ५७ हजार ५१८ र सञ्चालनमा रहेका संस्थाको रु १२ करोड ४५ लाख ८३ हजार ६०३ बक्यौता रकम देखिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपाल वायु सेवा निगम कार्यालयले समेत बाँकी रकम तिर्न अटेर गरेका छन् । विमानस्थल कार्यालयका अनुसार भन्सार कार्यालयले रु ५५ करोड १२ लाख २१ हजार ८१६ र निगमले रु ३२ करोड २१ लाख नौ हजार ५०० तिरेका छैनन् ।

यी दुई सरकारी निकायबाट मात्रै विमानस्थललाई रु ८७ करोड ३३ लाख ३१ हजार ४०९ बक्यौता रकम प्राप्त हुन बाँकी छ । निगमले समय तालिका बनाएर बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाए पनि भन्सार कार्यालयले भने विभिन्न बहानामा रकम नतिरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयले सञ्चालनमा नरहेका वायुसेवा कम्पनी र संघसंस्थाको रकम असुलीको लागि विमानस्थल कार्यालयले प्रक्रिया शुरु गरेको उपाध्यायले जानकारी दिए।

बक्यौता उठाउन केन्द्रीय तहसिलको कार्यालयले प्रक्रिया अगाडि बढाएको छ ।

छुट दिन सकिँदैन – महानिर्देशक 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बक्यौता रकम असुलउपर गर्ने प्रक्रिया शुरु भएको जानकारी दिए ।

तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको जानकारी दिँदै उनले भने  – “अटेर गर्नेलाई सरकारी बाँकी बक्यौता असुलउपर बमोजिम रकम उठाइनेछ । कोही कसैलाई छुट दिइँदैन । सञ्चालनमा रहेका वायुसेवा कम्पनीले बक्यौता तिर्न अटेर गरे सेवा सञ्चालनमा समेत रोक लगाइन्छ ।”

उनले बक्यौता उठाउनका लागि केही समय पहिले छानबिन समिति गठन गरेको र समितिको कामका आधारका केही वायुसेवा कम्पनी सम्पर्कमा आएको बताएका छन् । प्राधिकरण र विमानस्थल कार्यालयले ताकेता गरेपछि एयर एसियाले रु पाँच करोड र अग्नि एयरले रु ७० लाख तिरेको छ ।

विमानस्थलमा विमान अवतरण, पार्किङ गर्दा विमान कम्पनीले शुल्क तिर्नुपर्ने हुन्छ । तर नियमित उडानमा रहेका विमान कम्पनीले पनि शुल्क तिर्न अटेर गरेका छन् ।

काठमाडौँमा रहेका विभिन्न विदेशी कम्पनीको टिकट बिक्रीको जिम्मा लिएका कम्पनीले रकम तिर्न अटेर गरेपछि सम्बन्धित विमान कम्पनीको केन्द्रीय कार्यालय रहेका मुलुकमै पत्र पठाइएको महानिर्देशक गौतमले जानकारी दिए। उनले भने, “ठूलो बक्यौता उठाउनुपर्ने वायुसेवा कम्पनीलाई सम्बन्धित मुलुकमै पत्र पठाइएको छ, केही कम्पनीले रकम तिर्ने प्रतिबद्धता जनाएका छन्। ”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन : प्रचण्ड

कृषि अनुदान वितरणमा भ्रष्टाचार ठहर, सचिव नम्रता सिंहसहित तीन जना दोषी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com