ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तीय साक्षरता देशभर १८ प्रतिशत मात्र, पहुँच ४० प्रतिशत जनसंख्यामा


admin
माघ ३, २०७४ बुधबार   ४ : १२   बजे

 

काठमाडौं, ३ माघ । देशभर वित्तीय पहुँच ४० प्रतिशत जनसंख्यामा पुगेको छ । तर वित्तीय पहुँच पुगेको आधाभन्दा कम प्रतिशत जनसङख्या मात्र वित्तीय साक्षर रहेका छन् । देशको १८ प्रतिशत जनसङख्या मात्रै वित्तीय रुपमा साक्षर रहेको नेपाल राष्ट्र बैंकका सूचना अधिकृत शम्भुनाथ ढुंगाना बताउछन्।

मिडिया इन्टर्नलद्वारा आज आयोजित ‘मुलुकमा वित्तीय संस्थाको अवस्था’ विषयक अन्तक्र्रियामा बोल्दै ढुंगानाले भने, ‘अधिकांश वित्तीय संस्था शहर केन्द्रित भई गाउँमा जान नसकेकाले वित्तीय साक्षरता भने देशरभर १८ प्रतिशतमा सीमित रहेको छ । ’

बीमा समितिका निर्देशक राजुरमण पौडेलले मुलुकमा वित्तीय तथा गैर वित्तीय क्षेत्रमा जोखिम न्यूनीकरण गर्न बीमा संस्थाको महत्व रहेको भए पनि सर्वसाधारणमा पहुँच विस्तार गर्न नसकिएकाले ‘एक घर एक बीमा’ नीति ल्याउन गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

बैंक र एशोसिएशनका अध्यक्ष भरतराज ढकालले मुलुकको ग्रामीण क्षेत्रमा विप्रेषण र ग्रामीण सडकका कारण उत्पादनको भन्दा उपभोगको अनुपात बढेकाले त्यहाँको अर्थतन्त्र खस्केको विचार व्यक्त गरे ।

फस्र्ट माइक्रो फाइनान्स लघु वित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले देशभर ५५ लघु वित्त सञ्चालनको क्रममा रहेको बताउँदै यिनका माध्यमबाट अहिले मुलुकमा रु ३४ अर्ब निक्षेप संकलन भएको बताएका छन् ।

रिलायन्स लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मुलुकमा भएका विभिन्न वित्तीय संस्थाले गर्ने पूँजी संकलन र कर्जा प्रवाहजस्ता वित्तीय गतिविधिले देशको अर्थतन्त्रलाई गतिशील बनाउने बताउँदै यसबारे सर्वसाधारणमा वचत तथा लगानीका बारे चेतना फैलाउन आवश्यक रहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group