ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानको आकर्षण जैविक तरकारी खेतीतर्फ


admin

काठमाडौं, ८ माघ । बार बर्दिया नगरपालिका–९ खैरेनीगाउँमा रहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसान जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् ।

सतखलुवा ताल तथा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न होमस्टेमा बास बस्न आउने पर्यटकको संख्या दिनानुदिन बढेपछि आफ्नो उत्पादन सजिलै बिक्री हुने गरेको सतखलुवा होमस्टे आर्गानिक कृषि समूहकी अध्यक्ष विमला पाण्डे बताउछन् ।

अध्यक्ष पाण्डेका अनुसार केराउ, भटमास, धनियाँ, काउली, बन्दा, आलु, काँक्रो, भिन्डी, बैगन, करेला, प्याज, गोलभेँडा, गाजर, मुला, पालुङ्गो, लसुन, ब्रोकाउलीलगायत तरकारी खेती जैविक विधिबाट उत्पादन गरिँदै आएको छ ।

बाँकेको नेपालगञ्जबाट एक घण्टा तथा बर्दिया सदरमुकाम गुलरिया र बाँकेको कोहलपुर चौराहबाट आधा घण्टा तथा पूर्र्वपश्चिम राजमार्गको बैदीचोकबाट पाँच किलोमिटर उत्तरतर्फ सतखलुवा होमस्टे रहेको छ । यहाँ आउने पाहुनाका लागि स्थानीय कृषकले जैविक प्रविधिबाट तरकारी खेती गर्ने लक्ष्य लिएपछि बार बर्दिया नगरपालिकाले उनीहरुलाई आवश्यक तालीम र उत्पादन सामग्रीसमेत प्रदान गरेको छ ।

पर्यावरणीय सन्तुलन तथा त्यसको दिगोपना कायम राख्दै सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तुको उत्पादन गर्ने लक्ष्यका लिएका खैरेनीगाउँका कृषकको मागलाई ध्यान दिँदै बारबर्दिया नगरपालिकाले उनीहरुलाई तालीम, प्राविधिक सहयोग र उत्पादन सामग्री प्रदान गरेको हो ।

नगरपालिकाको आर्थिक विकास शाखाले स्वरोजगार कार्यक्रमअन्तर्गत बारबर्दिया–९ खैरेनी होमस्टे गाउँका २४ जना किसानलाई जैविक तरकारी खेती प्रविधिसम्बन्धी तालीम, १० जना किसानलाई टनेल बनाउन प्लास्टिक, बीउ, ड्रम र हजारीसमेत उपलब्ध गराएको नगर प्रवक्ता दुर्गाबहादुर विकले बताउछन् ।

बार बर्दिया नगरपालिका कृषि शाखाका प्रमुख जयबहादुर महताराले जैविक खेतीअन्तर्गत कृषिजन्य उत्पादनका लागि परिणाममा जमिनको उर्वराशक्तिमा ह्रास ल्याउने रासायनिक मल तथा कीटनाशक विषादीको प्रयोग गर्नुको साटो प्राकृतिक साधनकै प्रयोग गर्ने गरिन्छ । अत्यधिक मात्रामा रासायनिक मलको प्रयोग गर्दा प्रारम्भमा उत्पादन पनि बढी नै हुन्छ । तर समयक्रमसँगै जमिनको उर्वराशक्ति घट्दै जाने र अन्ततः केही पनि नउब्जने स्थिति आउँछ ।

जैविक खेतीले सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तुको उत्पादनमा सहयोग गर्नुका साथै पर्यावरणीय सन्तुलन तथा त्यसको दिगोपना कायम राख्न सहयोग पुग्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन : प्रचण्ड

कृषि अनुदान वितरणमा भ्रष्टाचार ठहर, सचिव नम्रता सिंहसहित तीन जना दोषी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com