ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि अनुसन्धान परिषद्ले विकास गर्यो उन्नत जातको बीऊ


admin
माघ ८, २०७४ सोमबार  ३ : ४२ बजे

काठमाडौं, ८ माघ । कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ ।

परिषद्ले मकै, धान, गहुँ, तोरी, मुसुरोलगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको परिषद्का वरिष्ठ वैज्ञानिक टीकाबहादुर कार्कीले जानकारी दिए ।

उहाँका अनुसार मकैमा वसन्त मकै, बर्खे मकै, अरुण–३, अरुण–४ र अरुण–६, मनकामना–३, मनकामना–४, मनकामना–५ र मनकामना–६ जातका बीउ तयार गरिएको छ । मनकामना जातका मकैको बीउ उच्च पहाडी क्षेत्रका लागि तयार पारिएको हो ।

वसन्त मकै माघ फागुनमा रोपेर जेठ असारमा पाक्ने र बर्खे मकै असारमा रोपेर असोजमा पाक्ने खालका रहेका छन् । जोर नाम भएका मकै रातो र बिजोर नाम भएका मकै सेतो रहेका छन् ।

किसानको माग र मौसमअनुसारको अन्नबाली लगाउनका लागि नयाँ जातका बीउ तयार गरिएको बताउदै उनले भने, “जलवायु परिवर्तनसँगै पुराना अन्नबाली त्यति फल्ने नभएकोले नयाँ अन्नबालीको विकास गर्न गरिएको हो । नयाँ विकास भएका अन्नबाली अब किसानले लगाउन सक्ने छन् ।”

नार्कले विकास गरेर नयाँ उन्नत जातका बीउ विभिन्न ठाउँमा रहेका विकास केन्द्रमार्फत किसानलाई वितरण गर्नेछ ।

यसबाहेक नार्कले सुख्खा, बाढीको समस्या हुने ठाउँमा उत्पादन गर्न सकिने धानका नयाँ उन्नत जातका बीउ , तोरीमा लुम्ले, अदुवामा कपुरकोट र कपुरकोट–१ नामका बीउ विकास गरेको छ ।

सुख्खा मौसममा रोपिने बीऊ सुख्खा–३, सुख्खा–४, सुख्खा–५ रहेका छन भने बाढीको समस्या भएको ठाउँका लागि स्वर्ण सव–१ र सेरान सव–१ जातका बीउ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com