ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व बैंकले नेपाललाई ४५ अर्ब ऋण सहयोग दिँदै


admin
माघ ७, २०७४ आईतबार  २ : ५९ बजे

काठमाडौं, ७ माघ । विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न ४४ अर्ब ८२ करोड रुपैँया सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले व्यावसायिक शिक्षा तथा तालीम परियोजना (दोस्रो चरण) पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋणस्वरूप उक्त रकम उपलब्ध गराउन लागेको हो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र दक्षिण एसियाका लागि उक्त बैंकका उपाध्यक्ष एन्नेट डिक्सनको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र विश्व बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरेका छन् ।

शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने व्यावसायिक शिक्षा तथा तालीम परियोजनाबाट १६ देखि ४० वर्ष उमेर समूहका युवा वर्ग, प्राविधिक शिक्षालय तथा तिनका शिक्षक, प्रशिक्षक, विद्यार्थी, रोजगारदातृ निकाय लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ ।

पशुपक्षी विकास मन्त्रालयले लागू गर्ने पशुपालन नवप्रवर्तन परियोजना देशका २५ जिल्लामा सञ्चालन हुने र त्यसबाट पशुजन्य उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, आधुनिक बजारीकरणमा सघाउ पुग्ने छ ।

त्यसैगरी भैँचालोबाट प्रभावित ९६ हजार निजी घर पुनःनिर्माणलाई भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजनाले समेटेको छ । उक्त परियोजना राष्ट्रिय पुनः निर्माण प्राधिकरणले कार्यान्वयन गर्नेछ ।

देशीय निर्देशक चिम्याओले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने सचिव अधिकारीले प्राप्त सहायताप्रति आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com