काठमाडौं,९ भाद्र । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको पक्षमा आज काठमाडौंमा बृहत् प्रदर्शन भएको छ। बलात्कारपछि हत्या गरिएकी पन्तको पक्षमा काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरसम्म पुगेको थियो। दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन भन्दै प्रदर्शनकारीहरुले माग गरेका ...