काठमाडौं,९ भाद्र । कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको घटनाबारे नयाँ शक्ति पार्टी, नेपालले निन्दा गरेको छ ।
बलात्कार र हत्याको घटनालाई गम्भीर ढङ्गले लिई त्यसको छानबिन र कारर्वाहीको प्रक्रिया कडा रुपमा अघि बढाउनुपर्नेमा राज्यका निकायहरूमा गम्भीरता र संवेदनशीलताको अभाव देखिएको नयाँ शक्तिले आरोप लगाएको छ ।
घटनाको छानबिन र अपराधीलाई कारबाहीको माग गर्दै स्थानीयले गरेको आन्दोलनलाई समयमै उचित सम्बोधन गर्नुको साटो राज्यप्रशासनले अनावश्यक बल प्रयोग गरेर आन्दोलनकारीलाई उत्तेजित बनाउने कार्य गरेको नयाँ शक्ति पार्टी, नेपालले प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।
प्रहरीको गोली लागि मृत्यु भएका सनी खुनाको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको शीघ्र उपचार गर्न सरकारसँग नयाँ शक्तिले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्