ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ वर्षीया बालिका हत्याबारे छानबिन समितिले काम थाल्यो


bhawani desk

भीमदत्तनगर, ८ भाद्र । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले यहाँ आएर छानबिन थालेको छ ।

आज भीमदत्तनगर आइपुगेको गृहमन्त्रालयको टोलीले बालिका हत्या घटनाबारे प्रारम्भिक चरणको छानबिन थालेको छानबिन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा कञ्चनपुरका पत्रकारलाई प्रतिक्रिया दिँदै छानबिन समितिका संयोजक मैनालीले सरकारले समितिलाई घटनाबारे छानबिनका लागि काम, कर्तव्य र अधिकार दिएर पठाएको जानकारी दिँदै घटनाको यथार्थ बाहिर ल्याएरै छाड्ने बताउनुभयो ।

छानबिनसँगै सत्यतथ्य पत्ता लगाउँदाको अवधिसम्म भीमदत्तनगरमै रहेर काम गर्ने बताउँदै मैनालीले सरकारले तोकेको जिम्मेवारीअनुसार विभिन्न कोणबाट घटनाबारे छानबिन हुने बताउनुभयो ।

“यहाँका नागरिक समाज, पत्रकार तथा सुरक्षा निकायसँग घटना अनुसन्धानको कमीकमजोरी र शान्ति सुरक्षाबारे छलफल र समाधान पनि खोज्छौँ ।” उहाँले भन्नुभयो, “त्यसका लागि यहाँका स्थानीयवासीले शान्तिपूर्ण वातावरण मिलाइदिनु प¥यो ।”

त्यसैगरी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बालिका हत्याबारे विस्तृतमा अनुसन्धान एवं छानबिन हुने बताउनुभयो । उहाँले शान्ति सुरक्षाको वातावरण सहज भएपछि अनुसन्धान गर्न छानबिन समितिलाई सहज हुने बताउनुभयो ।

समितिलाई बालिका पन्त हत्यासम्बन्धी विस्तृत छानबिन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्ने र घटनालाई लिएर भएका विरोध प्रर्दशनमा भएको क्षति तथा स्थानीय प्रशासनले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गरी कमीकमजोरी पहिचान गर्ने र सुधारका उपायसमेत सिफारिश गर्ने जिम्मेवारी दिइएको छ ।

मत्थर हँुदै आन्दोलन

कञ्चनपुरमा बालिका पन्तको हत्यापछि भएको आन्दोलन आजबाट मत्थर हुँदै गएको छ । आन्दोलनरत पक्षले माग गरेअनुसार गृहमन्त्रालयले यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरुवा गरेपछि आन्दोलन कम भएको हो । यद्यपि बजार, यातायात तथा शैक्षिक सङ्घ÷संस्था अझै पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् ।

त्यसैगरी आन्दोलनरत पक्षले आज पनि केहीबेर अघिदेखि बजार र पूर्व–पश्चिम राजमार्गका केही स्थानमा प्रदर्शन थालेको छ । स्थानीय प्रशासनमा नयाँ नेतृत्व आएपछि आन्दोलनरत पक्ष र स्थानीयवासी घटनाको यथार्थ बाहिर आउनेमा आशावादी देखिएका छन् ।

छानबिन समिति र जिल्लाको नयाँ नेतृत्वलाई निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाउन विभिन्न निकाय र क्षेत्रबाट पहल समेत भइरहेको छ ।
त्यसैगरी बालिका हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट भीमदत्तनगर आइपुगेको उच्चस्तरीय छानबिन समितिलाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले विज्ञप्ति जारी गर्दै स्वागत गरेको छ ।

भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले आज प्रेस विज्ञप्ति जारी गरी छानबिन प्रक्रियामा सहयोग पु¥याउन नगरवासी र आन्दोलनरत पक्षसँग आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ – शंकर पोखरेल

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्नेमा जोड

१४ महिनापछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर पद हस्तान्तरण गर्छु – प्रधानमन्त्री ओली

कांग्रेस सांसद बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन हुने प्रतिनिधिसभा सदस्य ३ पुगे, एक फरार

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ – सञ्चारमन्त्री गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com