काठमाडौं,९ भाद्र । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् ।
विश्वकर्माका तर्फबाट उनका भाइ वीरेन्द्रदेवले निवेदन दायर गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।
गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै थुनामुक्त गर्नका लागि गृह मन्त्रालय र नेपाल प्रहरीलाई विपक्षी बनाइएको छ ।
यसअघि दुई पटक निवेदन दर्ता गराएका विश्वकर्मालाई छाड्ने आदेश दिइएको थियो । अदालतले भदौ १ र ७ गते दुई पटक निवेदनमाथि सुनवाइ गर्दै छाड्न आदेश दिए पनि सरकारले फेरि पक्राउ गरेको थियो ।
विश्वकर्माको आइतबार सुनुवाइका लागि पेशी तोकिएको सहायक प्रवक्ता कालाखेतीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्