ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढीमा आफ्नै ठाउँमा सेवा नपाउँदा सेवाग्राहीलाइ सास्ती


bhawani desk

धनगढी ,८ भाद्र । कैलालीको मोहन्याल गाउँपालिका–२ को घोडालङ्गे आधारभूत विद्यालयका शिक्षक घनश्याम न्युरेलाई गाउँपालिका कार्यालयबाट सिफारिश लिने कामका लागि धनगढी पुग्नुप¥यो । गाउँपालिका कार्यालय रहेको स्थान धनगढी पुग्नुपर्ने भएपछि उहाँलाई सिफारिश बनाउने काममा धेरै दिनको समय पनि लाग्यो ।

गाउँपालिकाको कार्यालय शुरुदेखि नै धनगढीको एक निजी घर भाडामा लिई सञ्चालन रहेको छ । “विद्यालयको शिक्षक दरबन्दी पूर्ति गर्ने प्रक्रिया अघि बढाउन गाउँपालिकाको सिफारिश चाहिने भएपछि धनगढीमा सञ्चालनमा रहेको गाउँपालिकाको कार्यालयमा पुग्नु प¥यो, न्यूरेले भन्नुभयो, “मोहन्यालमा नै कार्यालय भएको भए काम छिट्टै र सहज बन्थ्यो ।”

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिए पनि अझै यो भनाइ व्यवहारमा देखिन नसक्दा गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढ्न थालेको छ । “सबै नेता अब सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्यो भन्थे, आफूले समान्य कामका लागि पनि धनगढी आउनुपर्ने बाध्यता अझै हटेको छैन”, अर्का सेवाग्राहीले भन्नुभयो ।

नयाँ सङ्घीय संरचनाअनुसार कैलालीमा कायम गरिएका १३ वटा स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका गाउँपालिका हुन् । पहिलेको तुलनामा स्थानीय तह अधिकार सम्पन्न भए पनि निर्वाचित प्रतिनिधिबाट आफ्नै क्षेत्रमा कार्यालय स्थापना गर्नमा भइरहेको कमी कमजोरीका कारण गाउँमा नै सेवा पाउन नसकिएको गुनासो सेवाग्राहीको छ ।

गाउँपालिकाका अध्यक्ष नवलसिं रावल भौगोलिक विकटताले बाटो, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवा सुविधा पुग्न नसकेका कारण मोहन्याल गाउँपालिका क्षेत्रमा नै कार्यालय सञ्चालन गर्न नसकेको बाध्यता सुनाउनुहुन्छ ।

यो वर्षभित्र मोहन्याल गाउँपालिकाको फल्लेबिसौना गाउँमा कार्यालय सञ्चालन गर्नेगरी पूर्वाधार जुटाउने काममा लागेको रावलले जानकारी दिनुभयो । उक्त गाउँपालिकाको कार्यालय धनगढीमा सञ्चालन भइरहँदा वडा कार्यालय तराई क्षेत्रको घोडाघोडी नगरपालिकाको सुखड बजारमा सञ्चालनमा छन् । दुई वटा वडा कार्यालय मात्र सम्बन्धित वडामा सञ्चालनमा छन् ।

गाउँपालिकाको कार्यालय धनगढीमा सञ्चालन रहे पनि गाउँपालिका कार्यालयले प्रयोग गरेको ‘लेटर प्याड’मा भने ‘मोहन्याल गाउँपालिका, गाउँपालिकाको कार्यालय, खिमडी, कैलाली’ उल्लेख छ । नयाँ संरचना गर्र्दा साविकको सुगरखाल, मोहन्याल र पण्डौन गाविसलाई मिलाएर मोहन्याल गापा बनाइएको हो ।

चुरे गाउँपालिका कार्यालयको स्थान चार पटक फेरियो । स्थानीय तहको निर्वाचन भएको एक वर्षभन्दा बढी भएको छ । तर कैलालीको पहाडी क्षेत्रको अर्को चुरे गाउँपालिकाको कार्यालय सञ्चालन गरिने स्थान भने पटकपटक फेरिनेक्रम नरोकिँदा सेवाग्राही र कार्यालयका कर्मचारीको हैरानी भएको छ । सेवाग्राहीले सेवा लिन टाढा पुग्नुपर्ने त दुःख छ नै, कहिले कतै त कहिले कतै कार्यालय सारिंदा कर्मचारीलाई पनि हैरानी भएको छ ।

स्थानीय तहको निर्वाचन भएपछिको यो अवधिमा चुरे गाउँपालकाको कार्यालय चारपटक विभिन्न ठाउँमा सारिएकामा अहिले पाँचौँ पटक चुरे गाउँपालिका क्षेत्रमा सार्ने तयारी भइरहेको छ ।

यो अवधिमा गाउँपालिकाको कार्यालय चुरे गाउँपालिका क्षेत्रमा पर्ने अलाड र सहजपुर, गोदावरी नगरपालिकामा पर्ने अत्तरिया तथा धनगढीमा गरी चार पटक स्थान परिवर्तन गरी सञ्चालन भएकामा हाल कार्यालय पुनः चुरे गाउँपालिका क्षेत्रमै लैजाने तयारी भइरहेको हो ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगर भौतिक पूर्वाधारको समस्या र सञ्चारको असुविधाजस्ता समस्याका कारण आफ्नै क्षेत्रमा गापाको कार्यालय सञ्चालन गर्न कठिनाइ भएको दाबी गर्नुहुन्छ । पहाडी क्षेत्रका साविकका सहजपुर, निगाली र खैराला गाविसलाई मिलाएर चुरे गाउँपालिका बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ- भारतीय वनमन्त्री

भारतका वनमन्त्रीले भेटे प्रधानमन्त्री ओली

प्रचण्ड-देउवा टेलिफोन वार्तालगत्तै बूढानीलकण्ठ पुगे जनार्दन

इजरायली दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

चिन्ता लिनुपर्ने अवस्था छैन, प्रसारणलाइनमा रुखको हाँगा खस्दा हिजो समस्या आएको हो- हितेन्द्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com