काठमाडौं, १८ भदौ । सुरुआतमै तीन पटक क्याच आउटबाट बचेपछि नेपाली टिमले एसिया कप–२०२३ मा भारतविरुद्ध पहिलो पावर प्लेमा उत्कृष्ट सुरुआत गरेका छन् । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले सुरुआती १० ओभरमा एक विकेट गुमाएर ६५ रन बनाएको छ ...