ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले पराजित


एबीसी न्यूज

काठमाडौं,१७ भदौ । आइसीसी महिला टी(२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको छ।

आइतबार भुटानले दिएको ४० रनको झिनो लक्ष्य नेपालले १३।२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो।

टोलीकी कप्तान रुविना क्षत्री बेलवासे १२ रनमा नटआउट रहिन्। कविता जोशी ९, सीता राना मगरले ८ तथा पुजा महतोले ३ रन थपे।

नेपालका ८ ब्याटरले दोहोरो अंक छुन नसक्दा पाँच ब्याटर शून्य रनमा पवेलियन फर्के।

भुटानकी अन्जुली घलेले ३ तथा क्षिरिङ जांग्मोले २ विकेट लिइन्। अन्जु गुरुङले १ विकेट आफ्नो नाममा गरिन्।

त्यसअघि मलेसियाको बांगीमा नेपाल टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रनको योगफल तयार पारेको थियो।

कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपालकी पूजा महतोले ३ विकेट लिइन्। रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान एक विकेट आफ्नो नाममा गरे।

भुटानलाई पराजित गर्दै नेपाल समूह ुएु को शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो।

नेपालले अब मंगलबार कतारसँग र बुधबार यूएईसँग खेल्ने तालिका छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com