ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत सरकारको सहयोगमा निर्माण हुने स्वास्थ्य चौकीको शिलान्यास


एबीसी न्यूज
बैशाख ४, २०८३ शुक्रबार   १० : २८   बजे

काठमाडौं, ४ वैशाख । भारत सरकारको सहयोगमा निर्माण हुने स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ। बागलुङको बडिगाड गाउँपालिका– ७ मा निर्माण हुने भिमगिठे स्वास्थ्य चौकीको पालिका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय दूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारत सरकारको करिब २.५ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत बडिगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।शिलान्यास कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्षसहित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त हुँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए।

उनीहरूले नयाँ स्वास्थ्य चौकी निर्माणपछि स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।नेपाल र भारतबीच नजिकका छिमेकीका रूपमा बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै नेपाल सरकारको विकास र समृद्धिको लक्ष्यलाई सुदृढ बनाउन भारत सरकारको निरन्तर सहयोग प्रतिबिम्बित भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group