ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा


एबीसी न्यूज
भाद्र १८, २०८० सोमबार  १ : ३८ बजे

काठमाडौं, १८ भदौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको खेलमा कतारलाई हराएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित हासिल गर्दै एक खेलअगावै अन्तिम चारमा स्थान बनाएको हो।

कतारले दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १०।३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो।

ओपनर काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन्। ओपनर सीता राना मगर १७ र इन्दु बर्मा २० रनमा नटआउट रहे।

त्यसअघि मलेसियाको बांगीमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल तयार पारेको थियो।

साची धडवालले बनाएको २१ रनको कतारका लागि सर्वाधिक रह्यो। एलिना खान १५ रनमा रनआउट भइन्।

नेपालकी इन्दु बर्मा एक्लैले तीन विकेट लिइन्। पूजा महतो र कविता जोशीले समान एक विकेट आफ्नो नाममा गरे।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो।

समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार यूएईसँग खेल्नेछ। यो खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com