ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली टोली भारतसँग भिड्नुअघि पुरस्कार घोषणा गर्ने होडबाजी


abc

काठमाडौं, १८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कपमा आज सोमबार विश्व क्रिकेटको महारथी भारतको सामना गर्दैछ।

श्रीलंकाको पाल्लेकेले स्टेडियमा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुँदैछ।

भारतविरुद्धको खेल नेपाली टोलीसहित नेपालका क्रिकेट प्रेमीका लागिसमेत बहुप्रतिक्षित खेल हो। त्यसैले भारतसँगको खेलका लागि सबै उत्साहित छन्। भारतविरुद्धको खेलअघि नेपाली टोलीका लागि पुरस्कार घोषणा गर्नेको होडबाजी देखिएको छ।

व्यक्तिगतदेखि व्यवसायिक मात्रै होइन, नगरस्तरबाट समेत नेपाली टोलीका लागि पुरस्कार घोषणा भइरहेका छन्।

भारतविरुद्ध जित निकाले लाखौँ पुरस्कार दिनेदेखि शतक हान्ने र विकेट लिने खेलाडीका लागि पुरस्कार घोषणा गर्ने हतारमा देखिन्छन्।

अर्ना वियरले भारतविरुद्धको प्रतिस्पर्धामा प्रत्येक छक्का प्रहार र विकेट लिने खेलाडीलाई १ लाख पुरस्कार दिने घोषणा गरेको छ।

अर्नाले भारतविरुद्ध प्रत्येक छक्का प्रहार गरेबापत र विकेट लिएबापत १ लाख तथा चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको हो। खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो घोषणा गरेका अर्ना वियरले जनाएको छ।

उता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पनि नेपाली खेलाडीका लागि पुरस्कार घोषणा गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउने उद्देश्यले शुक्लाफाँटा भारतविरुद्धको खेलमा १०० रन ९सतक० प्रहार गर्ने र ४ विकेट लिने नेपाली खेलाडीलाई जनही १र१ लाख रुपैयाँसहित सम्मान गरिने जनाएको छ।

उता क्रिकेटरलाई यसअघि दिने भनिएको पुरस्कार नै सरकारले अझैसम्म दिन सकेको छैन।

यसैलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले सोमबार सरकारले दिने भनेर घोषणा गरेको पुरस्कार रकम खेलाडीले नपाएकोमा संसद्‍बाट ध्यानाकर्षण गराए।

प्रतिनिधि सभा बैठकमा विशेष समय माग गर्दै सांसद शाहीले नेपाल नामिबिया र स्कटल्याण्ड सम्मिलित खेलमा विजेता बन्दा तीन लाख, नेपाल, यूएई र पपुवान्यूगिनीबीचको खेलमा विजेता बन्दा तीन लाख, प्रधानमन्त्रीले राष्ट्रका तर्फबाट घोाषणा गरेको दुई लाख, एसीसी कप जित्दा जनही ६ लाखलगायत विभिन्न खेलमा विजेता बन्दा घोषणा गरेको जनही १४ लाख पुरस्कार अझै नदिएको भन्दै आपत्ति जनाए।

हालसम्म उक्त पुरस्कार रकम खेलाडीले नपाएपछि शाहीले सरकारको ध्यानाकर्षण गराए। खेलाडीको पीडा संसद्‍बाटै कवितामार्फत उनले सुनाएका हुन्।

‘क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकेर राखिएको छरु पैसा छिटो दिऊँ,’ उनले भने, ‘भोको पेटले राष्ट्रवादलाई कति धान्नेरु प्रधानमन्त्री, खेलकुदमन्त्री र सचिवलायले छिटो उक्त पुरस्कार उपलब्ध गराओस्।’

भारतविरुद्धको खेलअघि पुरस्कार घोषणा भइरहँदा क्रिकेट प्रेमीले भने गतिलो स्टेडियम खोजिरहेका छन्।

पुरस्कार घोषणा गर्ने शुक्लाफाँटा नगरपालिकाले अहिलेभन्दा आफ्नै स्थानीय तहमा क्रिकेट मैदान बनाएर खेलाडी उत्पादनमा जोड दिन सक्छ।

तत्कालको लोकप्रियताभन्दा दीर्घकाली क्रिकेट विकासमा ध्यान दिनुपर्नेमा क्रिकेटका सरोकारवालाहरु बताउँछन्।

एसिया कपअन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरको हार व्यहोरेको नेपाली टोली भारतविरुद्ध सुधारिएको प्रर्दशन गर्ने योजनामा हुनेछ।

उता वर्षाका कारण खेल रद्द भएपछि पाकिस्तानसँग अंक बाँडेको भारतीय टोली जित्नै पर्ने दबाबमा मैदान उत्रिँदैछ।

पाकिस्तानसँग खेलको पहिलो इनिङस् भए पनि वर्षाका कारण दोस्रो इनिङस् हुन नसकेपछि खेल रद्द भएको थियो।

आजको खेल पनि वर्षाका कारण प्रभावित भएर अंक बाँड्ने अवस्था आए भारत दुई अंकसहित सुपर फोरमा पुग्नेछ।

यता नेपाललाई सुपर फोरमा पुग्न भारतविरुद्ध जित्नैपर्ने दबाब छ। आजको खेलमा अंक बाँड्ने अवस्था आए नेपाल समूह चरणबाटै बाहिरिने छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा ५२ को मृत्यु

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक

सम्बन्धित

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा ५२ को मृत्यु

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो : अध्यक्ष ओली

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

केपी ओली : गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com