काठमाडौं, २९ चैत्र । स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुनको गरगहना रहेको पाइएको छ ।
आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ ।
यसको स्रोत दाइजो, उपहार र आफैंले खरिद गरेको विवरणमा उल्लेख छ ।
मन्त्री मेहताको काठमाडौंको सौखेलमा ७ आना जग्गा रहेको उल्लेख छ । यसको स्रोत श्रीमान् र आफ्नो तलबका साथै ऋण रहेको उल्लेख छ ।
मन्त्री मेहताको माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ, सानिमा बैंकमा १० लाख रुपैयाँ र २५ लाख रुपैयाँ हाराहारीको ब्रान्ड आई१० को एउटा गाडी रहेको छ । जुन गाडीको खरिद मूल्य २५ लाख रुपैयाँ रहेको उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्