ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालविरुद्ध भारत : ‘प्लेयर्स टू वाच’


एबीसी न्यूज
भाद्र १८, २०८० सोमबार  २ : १६ बजे

काठमाडौं, १८ भदौ । एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज सोमबार एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारतविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको सुपर फोरको टिकट काट्नेछ । सुपर फोरमा प्रवेशका लागि भारत जित्नैपर्ने दबाबसहित मैदान उत्रिनेछ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र भारतबीचको खेलअघि बाह्रखरीले दुवै टिमका समान दुई खेलाडीलाई ‘प्लेयर्स टू वाच’मा राखेको छ ।

नेपाल

सोमपाल कामी

अनुभवी अलराउन्डर सोमपाल कामी एसिया कप–२०२३ को पहिलो खेलमा पाकिस्तानविरुद्ध आफ्नो क्षमतालाई सावित गरिसकेका छन् । उनले मुल्तानमा आफ्नो टिमको २३८ रनको हारमा पनि दुई विकेट लिए र २८ रन बनाए । नेपालबाट ४८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कामीले सर्वोत्कृष्ट ५÷३३ सहित ६५ विकेट लिएका छन् ।

टिमलाई आवश्यक अवस्थामा ब्याटबाट पनि प्रभावशाली प्रदर्शन गर्ने सोमपालले दुई अर्धशतकसहित ५०६ रन बनाएका छन् । पाकिस्तानविरुद्ध इनिङ्सको सुरुआतमा करण केसीसँगै उनको बलिङ प्रभावशाली थियो । यसैकारण आज भारतविरुद्धको खेलमा सोमपालमाथि नेपाली समर्थकको नजर रहनेछ ।

रोहित पौडेल

नेपाल र भारतबीचको प्रतिस्पर्धामा कप्तान रोहित पौडेल हेर्न लायक खेलाडी रहनेछन् । २० वर्षको उमेरमै नेपालको कप्तानी सम्हालेका रोहितले सानो उमेरमा नै छुट्टै पहिचान स्थापित गराइसकेका छन् । नेपालबाट ५३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पौडेलले ३१।२५ को औसतमा एक शतक र आठ अर्धशतकसहित एक हजार ४६९ रन बनाएका छन् । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् ।

पाकिस्तानविरुद्धको पहिलो खेलमा ‘गोल्डेन डक’ भएका रोहित आजको खेलमा भने नेपाली ब्याटिङको नेतृत्व गर्ने लक्ष्यमा हुनेछन् । बाबर र इफ्तिखारको शतकका कारण नेपालले खेलमा आफ्नो पकड गुमाउनुअघि उनले ‘मेन इन ग्रिन’का ब्याटर्सहरुलाई लामो समयसम्म शान्त राखेकाले पाकिस्तानविरुद्धको रोहितको कप्तानी प्रशंसनीय बनेको थियो ।

भारत

हार्दिक पन्ड्या

पछिल्लो समय भारतलाई कठिन समयमा उद्धार गर्ने अलराउन्डरको रुपमा उदाएका छन्, हार्दिक पन्ड्या । पाकिस्तानविरुद्ध ६६–४ को नाजुक अवस्थामा रहँदा उनले नै इशान किसनसँग १३८ रनको साझेदारी गर्दै भारतलाई सम्मानजनक योगसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

पाकिस्तानविरुद्ध पन्ड्याले ९० बलमा ८७ रन बनाएका थिए । यसैकारण नेपालविरुद्धको खेलमा पन्ड्याको यो लयले निरन्तर पाउँछ, पाउँदैन हेर्न रोमाञ्चक हुनेछ ।

 

इशान किसन

पाकिस्तानविरुद्ध केएल राहुलको अनुपस्थितिले इशान किशनलाई विकेटकिपरको भूमिका निर्वाह गर्ने बाटो खुलेको थियो । इशानले यो अवसरको सदुपयोग गर्दै ८१ बलमा ८२ रन बनाएका थिए ।

पाकिस्तानका पेसर लयमा रहँदा सुरुमा इशानले संयम प्रदर्शन गरे । र, इनिङ्स अघि बढ्दै जाँदा ठूला शट खेल्न सक्ने आफ्नो शक्तिशाली क्षमता प्रस्तुत गरे । नेपालविरुद्धको खेलमा पनि भारतीय समर्थकहरुले किसनबाट थप उल्लेखनीय प्रदर्शनको उत्सुकतापूर्वक अपेक्षा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com