ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालविरुद्ध भारत : ‘प्लेयर्स टू वाच’


एबीसी न्यूज

काठमाडौं, १८ भदौ । एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज सोमबार एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारतविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको सुपर फोरको टिकट काट्नेछ । सुपर फोरमा प्रवेशका लागि भारत जित्नैपर्ने दबाबसहित मैदान उत्रिनेछ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र भारतबीचको खेलअघि बाह्रखरीले दुवै टिमका समान दुई खेलाडीलाई ‘प्लेयर्स टू वाच’मा राखेको छ ।

नेपाल

सोमपाल कामी

अनुभवी अलराउन्डर सोमपाल कामी एसिया कप–२०२३ को पहिलो खेलमा पाकिस्तानविरुद्ध आफ्नो क्षमतालाई सावित गरिसकेका छन् । उनले मुल्तानमा आफ्नो टिमको २३८ रनको हारमा पनि दुई विकेट लिए र २८ रन बनाए । नेपालबाट ४८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कामीले सर्वोत्कृष्ट ५÷३३ सहित ६५ विकेट लिएका छन् ।

टिमलाई आवश्यक अवस्थामा ब्याटबाट पनि प्रभावशाली प्रदर्शन गर्ने सोमपालले दुई अर्धशतकसहित ५०६ रन बनाएका छन् । पाकिस्तानविरुद्ध इनिङ्सको सुरुआतमा करण केसीसँगै उनको बलिङ प्रभावशाली थियो । यसैकारण आज भारतविरुद्धको खेलमा सोमपालमाथि नेपाली समर्थकको नजर रहनेछ ।

रोहित पौडेल

नेपाल र भारतबीचको प्रतिस्पर्धामा कप्तान रोहित पौडेल हेर्न लायक खेलाडी रहनेछन् । २० वर्षको उमेरमै नेपालको कप्तानी सम्हालेका रोहितले सानो उमेरमा नै छुट्टै पहिचान स्थापित गराइसकेका छन् । नेपालबाट ५३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पौडेलले ३१।२५ को औसतमा एक शतक र आठ अर्धशतकसहित एक हजार ४६९ रन बनाएका छन् । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् ।

पाकिस्तानविरुद्धको पहिलो खेलमा ‘गोल्डेन डक’ भएका रोहित आजको खेलमा भने नेपाली ब्याटिङको नेतृत्व गर्ने लक्ष्यमा हुनेछन् । बाबर र इफ्तिखारको शतकका कारण नेपालले खेलमा आफ्नो पकड गुमाउनुअघि उनले ‘मेन इन ग्रिन’का ब्याटर्सहरुलाई लामो समयसम्म शान्त राखेकाले पाकिस्तानविरुद्धको रोहितको कप्तानी प्रशंसनीय बनेको थियो ।

भारत

हार्दिक पन्ड्या

पछिल्लो समय भारतलाई कठिन समयमा उद्धार गर्ने अलराउन्डरको रुपमा उदाएका छन्, हार्दिक पन्ड्या । पाकिस्तानविरुद्ध ६६–४ को नाजुक अवस्थामा रहँदा उनले नै इशान किसनसँग १३८ रनको साझेदारी गर्दै भारतलाई सम्मानजनक योगसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

पाकिस्तानविरुद्ध पन्ड्याले ९० बलमा ८७ रन बनाएका थिए । यसैकारण नेपालविरुद्धको खेलमा पन्ड्याको यो लयले निरन्तर पाउँछ, पाउँदैन हेर्न रोमाञ्चक हुनेछ ।

 

इशान किसन

पाकिस्तानविरुद्ध केएल राहुलको अनुपस्थितिले इशान किशनलाई विकेटकिपरको भूमिका निर्वाह गर्ने बाटो खुलेको थियो । इशानले यो अवसरको सदुपयोग गर्दै ८१ बलमा ८२ रन बनाएका थिए ।

पाकिस्तानका पेसर लयमा रहँदा सुरुमा इशानले संयम प्रदर्शन गरे । र, इनिङ्स अघि बढ्दै जाँदा ठूला शट खेल्न सक्ने आफ्नो शक्तिशाली क्षमता प्रस्तुत गरे । नेपालविरुद्धको खेलमा पनि भारतीय समर्थकहरुले किसनबाट थप उल्लेखनीय प्रदर्शनको उत्सुकतापूर्वक अपेक्षा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com