ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’


एबीसी न्यूज
बैशाख २, २०८३ बुधबार  १ : ३१ बजे

काठमाडौं, २ वैशाख । ज्योतिष शास्त्रीय दृष्टिमा नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा रहेकामा ज्योतिषविद्हरूले जोड दिनुभएको छ ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन_ ले नववर्ष २०८३ का अवसरमा आयोजना गरेको ‘ज्योतिष शास्त्रीय शास्त्रीय दृष्टिमा वि।सं २०८३ कस्तो रहला ?’

विषयक ज्योतिर्विद्हरूसँगको साक्षात्कार कार्यक्रममा विश्व ज्योतिष महासङ्घ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमले २०८३ सालमा आठ शुभ ग्रह परेको र सूर्य एवं मङ्गल गरी दुई मात्र अशुभ ग्रहयोग रहेको जानकारी दिनुभयो । लग्नेश चन्द्र र राहु अष्टम भएकाले आगामी वर्ष विश्वमा उतारचढाव बढी हुने उहाँले बताउनुभयो । त्यसको प्रभावस्वरूप नेपालमा पनि आरोहअवरोह आउने ग्रहयोग छ ।

“युरोप र अरबका सैन्य गतिविधि बढ्ने देखिन्छ, खासगरी सैन्यशक्ति वृद्धिको होडबाजीको सम्भावना छ,” गौतमको भनाइ थियो । शक्ति राष्ट्रहरूबीचको अहम्का कारण विश्व समीकरण बदलिन सक्नेतर्फ उहाँले सचेत तुल्याउनुभयो । युद्ध र रोगव्याधिको सम्भावना पनि त्यत्तिकै रहेको उहाँले बताउनुभयो ।

महिला हिंसाका घटनामा पनि वृद्धि हुने, विकसित मुलुकको मुद्रा बलियो र कमजोर मुलुकको झन् कमजोर बन्ने खतराको ग्रहयोग रहेको उहाँको भनाइ थियो ।

नववर्षमा मङ्गल भाग्यमा भएकाले प्रविधिका क्षेत्रमा भने प्रगति हुने अध्यक्ष गौतमको भनाइ थियो । उहाँले भन्नुभयो, “बुध निचो भएकाले व्यापारमा भने कुनै समूहको एकाधिकार रहने देखिन्छ । कला सञ्चार क्षेत्रमा प्रगति हुने देखिन्छ ।”

विश्व शेयर बजार बढ्ने ज्योतिषीय प्रक्षेपण उहाँले गर्नुभयो । यद्यपि, विलासिताका सामान खरिदमा होडबाजी यथावत् रहने र मूल्य वृद्धिले जनआक्रोश बढ्नेतर्फ गौतमले सचेत तुल्याउनुभयो ।

“बौद्धिक र सामाजिक क्षेत्रमा खिचलोको वर्ष छ,” उहाँले भन्नुभयो, “नेपालको सन्दर्भमा केन्द्रित रहेर भन्नुपर्दा आगामी मङ्सिरसम्म चतुर्थ राहु र दशम् केतुको प्रभावले बौद्धिक र आर्थिक क्षेत्रमा प्रगति भए पनि धार्मिक क्षेत्रमा बाधाको योग रहेको उहाँले बताउनुभयो ।

संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले २०८३ सालमा पनि दारुण काल नै चलिरहने भएकाले सतर्क रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष दुई दुई वटा खप्पर योग परेको छ, त्यो दारुण कालको अन्त्य देखिएन ।

विश्वमा युद्धका सम्भावनाहरू पनि देखाउँछ यसले । हामी सचेत हुनुपर्छ ।” उहाँले दोस्रो विश्वयुद्धका समयमा पनि दारुण काल रहेको भन्दै त्यही स्थिति अब पनि ग्रहहरूले सङ्केत गरेको बताउनुभयो । नववर्ष २०८३ मा धार्मिक भावनाहरू झनै ह्रास हुने टिप्पणी उहाँले पनि गर्नुभयो ।

राष्ट्रिय महिला ज्योतिष सङ्घका सचिव सुधा भट्टराईले मङ्गल सेनापति भएकाले अशान्ति, झगडा, विवादको सम्भावना पनि त्यत्तिकै रहेको बताउनुभयो । सँगै यसले परिवर्तनको सङ्केत पनि गरेको उहाँले बताउनुभयो ।

मेसिनरी क्षेत्रहरू मङ्गलले ह्यान्डल गर्ने भएकाले औद्योगिक क्षेत्रमा केही विकास हुनसक्छ । मङ्गलकै कारण आगामी वर्ष भौतिक उन्नति सँगसँगै उद्योगधन्दाहरूको विकास हुन्छ भने शनि मीन राशिमा भएकाले राम्रा चिजहरूमा देशले कोल्टो फेर्ने बताउनुभयो । “असारपछि बृहस्पति उच्च स्थानमा जाने भएकाले त्यसपछि मात्रै सुधार हुन्छ,” भट्टराईले भन्नुभयो ।

ज्योतिषविद् एवम् वास्तुशास्त्री शिवप्रसाद पोखरेलले विश्व परिवेशलाई नियाल्दा आगामी वर्ष विशेष सतर्कता अपनाउनुपर्ने समय भएको भविष्यवाणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “संवत्सर पनि अन्तिम तिरको परेकाले अधम फलदायकको अवस्थामा हामी छौँ । राजनीतिक दृष्टिले पनि विश्वका कतिपय मुलुकमा शासन परिवर्तन र शासकहरूबीच मनमुटाव आउनसक्छ । यसले नागरिकहरूबीच असन्तुष्टि पैदा गर्न सक्छ ।”

कृषि उत्पादनमा आर्थिक भार उत्पन्न हुने सम्भावना रहेको भन्दै उहाँले नेपालको सन्दर्भमा पनि प्राकृतिक र मानव सिर्जित विपत्तिहरू आउनेतर्फ सचेत गराउनुभयो ।

ग्रहहरूको उदय र अस्तले पनि ठूलो प्रभाव पार्ने भन्दै पोखरेलले २०८२ वैशाखदेखि आगामी जेठ १८ गतेसम्म बृहस्पति र शनि, मिथुन र मीनमा परस्पर केन्द्रमा रहने र चैत १९ देखि वैशाख २८ गतेसम्म शनि र मङ्गल एउटै राशि मीनमा भ्रमण गरिरहने हुँदा अनेकन सङ्घर्षका घटना हुनेतर्फ सचेत गराउनुभयो ।

वास्तुशास्त्रीसमेत रहनुभएका पोखरेलले सिंहदरबार, नारायणहिटी दरबार, दशरथ रङ्गशालालगायत स्थलका संरचनाको वास्तु नमिलेकाले देशमा समस्या आउने गरेको जानकारी कार्यक्रममा गराउनुभयो ।

पत्रकार समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले धार्मिक तथा सांस्कृतिक पत्रकारहरूको छाता सङ्गठनका रूपमा रहेको संस्थाले आगामी वर्षमा पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूका साथै क्षमता विकासका अन्य क्रियाकलापहरूलाई समेत अघि बढाउँदै लैजाने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गैँडाको खागसहित सुनसरीबाट ४ जना पक्राउ, तस्करीको ठूलो सञ्चाल रहेको आशंका

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

सम्बन्धित

सघन संवादमा एमाले र नेकपा, ओली भेट्न अस्पताल पुगे प्रचण्ड

भारत सरकारको सहयोगमा निर्माण हुने स्वास्थ्य चौकीको शिलान्यास

१ वर्षअघिको घटनालाई लिएर गाउँपालिका उपाध्यक्ष हत्या आरोपमा पक्राउ

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

फेसबुकले ल्यायो १८ वर्षपछि हराएको छोराको खबर

आज र भोलि पहाडमा वर्षा तथा तराईमा गर्मी बढ्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com