ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कप : रोहितविरुद्ध रोहित


एबीसी न्यूज

काठमाडौं,१७ भदौ । भोलि श्रीलंकाको क्यान्डीमा नेपाल र भारतबीच खेल हुँदै छ । खेलमा टस भने रोहितले जित्ने पक्का छ ।

तर, कुन रोहित ?

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल कि भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा रु यसको टुंगो भोलि नै लाग्ने छ ।

एसिय कप २०२३ अन्तर्गत क्यान्डीमा दुई रोहित आमने–सामने हुँदा नेपाली टिमका कप्तानलाई गुमाउन केही छैन । नेपालका लागि नतिजा भारतविरुद्ध चुनौती प्रस्तुत गर्दाको अनुभवमात्र हो । र, अर्को सिकाइ र ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर पनि ।

यसको ठिकविपरीत नेपालविरुद्ध हारे भारतको सर्वस्व नै गुम्नेछ । एसिया कपको १६औँ संस्करणमा भारतको चुनौती समूह चरणमै समाप्त हुनेछ । भारतसँग हालसम्म एसिया कपको समूह चरणबाट बाहिरिनु परेको अनुभव छैन । नेपालसँग हारे एसिया कपको यो संस्करण भारतका लागि सबैभन्दा खराब बन्नेछ ।

नेपालसँगको हारले सम्भवतः भारतीय टिमका मुख्य प्रशिक्षक राहुल द्रविडविरुद्ध राजीनामाको चर्को दबाब पनि थपिएला । भारतले पछिल्लो २२ वर्षयता एसोसिएट राष्ट्रविरुद्ध हार बेहोरेको छैन । भारतले पछिल्लोपटक सन् २००१ को त्रिदेशीय श्रृंखलामा केन्यासँग ७० रनको हार बेहोरेको थियो ।

यो त कल्पनाको कुरामात्रै ।

कपिल देव, राहुल द्रविड, वीरेन्द्र सहवाग, सचिन तेल्दुल्कर, महेन्द्रसिंह धोनी हुँदै रोहित शर्मा र विराट कोहलीजस्ता क्रिकेट हस्तीलाई जन्माएको भारतलाई ‘क्रिकेटप्रति पागल देश’को रुपमा चिनिन्छ ।

विश्व क्रिकेटमा रहेको यही प्रभुत्वका कारण नेपालमा पनि भारतीय टिमको समर्थन गर्ने समर्थकको संख्या ठूलो छ । नेपाली टिमका कप्तान रोहितकुमार पौडेल पनि भारतीय क्रिकेटबाट प्रभावित हुने यो सूचीमा पर्छन् ।

भोलि नेपालका कप्तान रोहितका लागि भने सपना पूरा भएको दिन बन्नेछ । नवलपरासीमा जन्मिएका रोहित क्रिकेटमा भारतीय कप्तान रोहित शर्मालाई आफ्नो ‘आइडल’ मान्छन् । एक प्रशंसकलाई आफ्नो ‘आइडल’विरुद्ध मैदान उत्रन पाउनुभन्दा ठूलो उपलब्धि अरु के नै हुन सक्छ र ?

“सानैदेखि रोहित शर्माको ब्याटिङ हेर्दै आएको । निक्कै मन पथ्र्यो । खेल सकिएपछि अनुभवका कुरा होला, त्यो अनुभवलाई सिकाइमा परिवर्तन गर्नेछु । निक्कै उत्साहित फिल भइरहेको छ,” एसिया कपका लागि पाकिस्तान उड्नुअघि नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले आफ्नो ‘आइडल’ रोहित शर्माविरुद्ध खेल्न पाउने अवसरलाई बयान गर्दै भनेका थिए ।

नेपाली रोहित भारतीय रोहितको तारिफका लागि शब्द खर्चिन कहिल्यै पछि पर्दैनन् । नेपाली टिमको कप्तानी जिम्मेवारीमा रहेका रोहित सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा टसका लागि अर्का रोहितविरुद्ध उत्रिनेछन् ।

नेपाली रोहित ‘आइडल’विरुद्ध टसका लागि मैदान उत्रिँदाको परिस्थितिलाई कल्पना गर्छन् रु जवाफमा रोहित भन्छन्, “म कहिल्यै पनि त्यस्तो कल्पना गर्दिनँ । खेल कसरी जित्छु भन्ने भिजुअलाइज गर्छु । टसभन्दा पनि म एक ब्याटरको रुपमा बलरहरुलाई कसरी खेल्ने भन्नेबारे सोच्छु ।”

दुई रोहितको तुलना

सन् १९२८ मा गठन भएको भारतीय क्रिकेट बोर्डले सन् १९३२ मा पहिलो टेस्ट खेलेको थियो । क्रिकेटमा भारतको स्पष्ट इतिहास नै लगभग एक शताब्दी पुरानो छ । नेपालले भने सन् १९९० को दशकपछि मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला अघि बढाएको थियो । एक शताब्दी पुरानो क्रिकेट संघका खेलाडीसँग भर्खरै तीन दशकमा पाइला राख्दै गरेको संघका खेलाडीको तुलना पक्कै पनि केही असहज लाग्छ ।

भारतीय रोहित र नेपाली रोहितबीच तुलना पनि दुई क्रिकेट संघको जस्तै हुन्छ । भारतीय रोहित उमेरले मात्रै पनि ३६ वर्ष पुगिसके । नेपाली रोहित हिजोमात्र २१ वर्ष पूरा भए ।

रोहित शर्माले २००७ मा आयरल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतबाट ‘डेब्यू’ गरेका थिए । जतिबेला नेपाली रोहित पाँच वर्षका मात्र थिए । डेढ दशक लामो एकदिवसीय करियरमा रोहित शर्माले नौ हजार ८४८ रन बनाइसकेका छन् । ४८।५१ को ब्याटिङ औषतमा भारतीय रोहितले ३० शतक र ४८ अर्धशतक बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सबैभन्दा धेरै व्यक्तिगत रन ९२६४ रन० बनाउने क्रिकेटर समेत हुन् । रोहितले सन् २०१४ मा श्रीलंकाविरुद्ध यो कीर्तिमान बनाएका थिए ।

सन् २०१८ मा मात्र एकदिवसीय मान्यता पाएको नेपाली टिमका कप्तान रोहितले भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ४६९ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा नेपाली ब्याटरमध्ये रोहित सबैभन्दा धेरै रन बनाउने क्रिकेटर हुन् । ३१।२५ ब्याटिङ औषत रहेको रोहितले यसक्रममा आठ अर्धशतक र एक शतक प्रहार गरेका छन् ।

दबाबमा भारत

समूह ‘ए’को अन्तिम खेलको रुपमा भोलि नेपाल र भारत प्रतिस्पर्धाका लागि मैदान उत्रिनेछन् । पहिलो खेलमा दुवै टिमले अपेक्षाअनुरुपको नतिजा पाउन सकेनन् । पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २३८ रनले पराजित भयो । नेपाल २३।४ ओभरमा १०४ रनमै समेटियो ।

भारत भने समूह चरणको पहिलो खेलमा वर्षाले प्रभावित बन्यो । क्यान्डीमै शनिबार भारतले पाकिस्तानविरुद्ध २६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, पहिलो इनिङपछि लगातार वर्षा हुँदा खेलको दोस्रो इनिङ सम्भव हुन सकेन । यसैकारण दुवै टिमले एक–एक अंक पाए । त्यही एक अंकका कारण पाकिस्तानले सुपर फोरको यात्रा निश्चित गर्दा भारतलाई भने नेपालविरुद्ध जित्नैपर्ने समीकरण बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com