ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कप : रोहितविरुद्ध रोहित


एबीसी न्यूज
भाद्र १७, २०८० आईतबार  २ : ५२ बजे

काठमाडौं,१७ भदौ । भोलि श्रीलंकाको क्यान्डीमा नेपाल र भारतबीच खेल हुँदै छ । खेलमा टस भने रोहितले जित्ने पक्का छ ।

तर, कुन रोहित ?

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल कि भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा रु यसको टुंगो भोलि नै लाग्ने छ ।

एसिय कप २०२३ अन्तर्गत क्यान्डीमा दुई रोहित आमने–सामने हुँदा नेपाली टिमका कप्तानलाई गुमाउन केही छैन । नेपालका लागि नतिजा भारतविरुद्ध चुनौती प्रस्तुत गर्दाको अनुभवमात्र हो । र, अर्को सिकाइ र ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर पनि ।

यसको ठिकविपरीत नेपालविरुद्ध हारे भारतको सर्वस्व नै गुम्नेछ । एसिया कपको १६औँ संस्करणमा भारतको चुनौती समूह चरणमै समाप्त हुनेछ । भारतसँग हालसम्म एसिया कपको समूह चरणबाट बाहिरिनु परेको अनुभव छैन । नेपालसँग हारे एसिया कपको यो संस्करण भारतका लागि सबैभन्दा खराब बन्नेछ ।

नेपालसँगको हारले सम्भवतः भारतीय टिमका मुख्य प्रशिक्षक राहुल द्रविडविरुद्ध राजीनामाको चर्को दबाब पनि थपिएला । भारतले पछिल्लो २२ वर्षयता एसोसिएट राष्ट्रविरुद्ध हार बेहोरेको छैन । भारतले पछिल्लोपटक सन् २००१ को त्रिदेशीय श्रृंखलामा केन्यासँग ७० रनको हार बेहोरेको थियो ।

यो त कल्पनाको कुरामात्रै ।

कपिल देव, राहुल द्रविड, वीरेन्द्र सहवाग, सचिन तेल्दुल्कर, महेन्द्रसिंह धोनी हुँदै रोहित शर्मा र विराट कोहलीजस्ता क्रिकेट हस्तीलाई जन्माएको भारतलाई ‘क्रिकेटप्रति पागल देश’को रुपमा चिनिन्छ ।

विश्व क्रिकेटमा रहेको यही प्रभुत्वका कारण नेपालमा पनि भारतीय टिमको समर्थन गर्ने समर्थकको संख्या ठूलो छ । नेपाली टिमका कप्तान रोहितकुमार पौडेल पनि भारतीय क्रिकेटबाट प्रभावित हुने यो सूचीमा पर्छन् ।

भोलि नेपालका कप्तान रोहितका लागि भने सपना पूरा भएको दिन बन्नेछ । नवलपरासीमा जन्मिएका रोहित क्रिकेटमा भारतीय कप्तान रोहित शर्मालाई आफ्नो ‘आइडल’ मान्छन् । एक प्रशंसकलाई आफ्नो ‘आइडल’विरुद्ध मैदान उत्रन पाउनुभन्दा ठूलो उपलब्धि अरु के नै हुन सक्छ र ?

“सानैदेखि रोहित शर्माको ब्याटिङ हेर्दै आएको । निक्कै मन पथ्र्यो । खेल सकिएपछि अनुभवका कुरा होला, त्यो अनुभवलाई सिकाइमा परिवर्तन गर्नेछु । निक्कै उत्साहित फिल भइरहेको छ,” एसिया कपका लागि पाकिस्तान उड्नुअघि नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले आफ्नो ‘आइडल’ रोहित शर्माविरुद्ध खेल्न पाउने अवसरलाई बयान गर्दै भनेका थिए ।

नेपाली रोहित भारतीय रोहितको तारिफका लागि शब्द खर्चिन कहिल्यै पछि पर्दैनन् । नेपाली टिमको कप्तानी जिम्मेवारीमा रहेका रोहित सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा टसका लागि अर्का रोहितविरुद्ध उत्रिनेछन् ।

नेपाली रोहित ‘आइडल’विरुद्ध टसका लागि मैदान उत्रिँदाको परिस्थितिलाई कल्पना गर्छन् रु जवाफमा रोहित भन्छन्, “म कहिल्यै पनि त्यस्तो कल्पना गर्दिनँ । खेल कसरी जित्छु भन्ने भिजुअलाइज गर्छु । टसभन्दा पनि म एक ब्याटरको रुपमा बलरहरुलाई कसरी खेल्ने भन्नेबारे सोच्छु ।”

दुई रोहितको तुलना

सन् १९२८ मा गठन भएको भारतीय क्रिकेट बोर्डले सन् १९३२ मा पहिलो टेस्ट खेलेको थियो । क्रिकेटमा भारतको स्पष्ट इतिहास नै लगभग एक शताब्दी पुरानो छ । नेपालले भने सन् १९९० को दशकपछि मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला अघि बढाएको थियो । एक शताब्दी पुरानो क्रिकेट संघका खेलाडीसँग भर्खरै तीन दशकमा पाइला राख्दै गरेको संघका खेलाडीको तुलना पक्कै पनि केही असहज लाग्छ ।

भारतीय रोहित र नेपाली रोहितबीच तुलना पनि दुई क्रिकेट संघको जस्तै हुन्छ । भारतीय रोहित उमेरले मात्रै पनि ३६ वर्ष पुगिसके । नेपाली रोहित हिजोमात्र २१ वर्ष पूरा भए ।

रोहित शर्माले २००७ मा आयरल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतबाट ‘डेब्यू’ गरेका थिए । जतिबेला नेपाली रोहित पाँच वर्षका मात्र थिए । डेढ दशक लामो एकदिवसीय करियरमा रोहित शर्माले नौ हजार ८४८ रन बनाइसकेका छन् । ४८।५१ को ब्याटिङ औषतमा भारतीय रोहितले ३० शतक र ४८ अर्धशतक बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सबैभन्दा धेरै व्यक्तिगत रन ९२६४ रन० बनाउने क्रिकेटर समेत हुन् । रोहितले सन् २०१४ मा श्रीलंकाविरुद्ध यो कीर्तिमान बनाएका थिए ।

सन् २०१८ मा मात्र एकदिवसीय मान्यता पाएको नेपाली टिमका कप्तान रोहितले भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ४६९ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा नेपाली ब्याटरमध्ये रोहित सबैभन्दा धेरै रन बनाउने क्रिकेटर हुन् । ३१।२५ ब्याटिङ औषत रहेको रोहितले यसक्रममा आठ अर्धशतक र एक शतक प्रहार गरेका छन् ।

दबाबमा भारत

समूह ‘ए’को अन्तिम खेलको रुपमा भोलि नेपाल र भारत प्रतिस्पर्धाका लागि मैदान उत्रिनेछन् । पहिलो खेलमा दुवै टिमले अपेक्षाअनुरुपको नतिजा पाउन सकेनन् । पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २३८ रनले पराजित भयो । नेपाल २३।४ ओभरमा १०४ रनमै समेटियो ।

भारत भने समूह चरणको पहिलो खेलमा वर्षाले प्रभावित बन्यो । क्यान्डीमै शनिबार भारतले पाकिस्तानविरुद्ध २६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, पहिलो इनिङपछि लगातार वर्षा हुँदा खेलको दोस्रो इनिङ सम्भव हुन सकेन । यसैकारण दुवै टिमले एक–एक अंक पाए । त्यही एक अंकका कारण पाकिस्तानले सुपर फोरको यात्रा निश्चित गर्दा भारतलाई भने नेपालविरुद्ध जित्नैपर्ने समीकरण बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com