ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालको लगातार चौथो जित, सेमिफाइनलमा प्रवेश


abc

काठमाडौ भदौ १८ । नेपाल आईसीसी महिला टी(२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा पुगेको छ । बिहान मलेसियाको बांगीमा भएको खेलमा कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।लगातार चौथो खेल जितेको नेपाल समूह ुएु बाट एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । कतारले जितका लागि दिएको ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा १ विकेट गुमाएर भेट्टायो । नेपालकी काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन् ।

त्यस्तै, इन्दु बर्मा २० र सीता राना मगरले १७ रन बनाइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाएको थियो ।कतारकी साची धडवालले सर्वाधिक २१ रन जोडिन् ।

यस्तै, एलिना खानले १५, एन्जिलेने मारेले १४ र यशाले १० रन जोडे । नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले एकरएक विकेट लिए। नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो । नेपालले समूहको अन्तिम खेलमा यूएईसँग पर्सि बुधवार खेल्नेछ ।प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

सम्बन्धित

एसियाली खेलकुदको सेमिफाइनलमा, नेपाली पब्जी टिम:

विमल घर्तीमगर अष्ट्रेलिया पलायन

टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने– तपाईंका छोराले त विश्व कीर्तिमान बनाए

क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति

ब्याडमिन्टनमा नेपालको पुरुष टिम विजयी

टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com