काठमाडौ १९ भदौ । बेलायत सरकारले १६ वर्षमुनिका बालबालिकालाई इनर्जी ड्रिङ्क्समा प्रतिबन्ध लगाउने भएको छ । सरकारले १६ वर्षमुनिका बालबालिकालाई पसल, रेस्टुरेन्ट, क्याफे, भेन्डिङ मेशिन र अनलाइनबाट रेड बुल, मोन्स्टर र प्राइम जस्ता इनर्जी ड्रिङ्क्स किन्नबाट रोक्न कानून बनाउने योजना बनाइरहेको बीबीसीले जनाएको छ । ...