ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०२५ की नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई हस्तान्तरण गरिन् पदक


एबीसी न्यूज

काठमाडौं, २ माघ । भेनेजुएलाकी विपक्षी नेतृ तथा सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचादोले आफ्नो पुरस्कारको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्पण गरेकी छिन्।

ह्वाइट हाउसमा भएको भेटघाटका क्रममा मचादोले भेनेजुएलाको स्वतन्त्रताका लागि ट्रम्पले पुर्‍याएको अद्वितीय प्रतिबद्धताको सम्मानस्वरूप पदक उनलाई हस्तान्तरण गरेकी हुन् गत अक्टोबरमा भेनेजुएलामा लोकतन्त्र र मानव अधिकारको रक्षाका लागि गरेको संघर्षका कारण मचादोलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो।यद्यपि, नोबेल समितिले पुरस्कार अर्को व्यक्तिलाई हस्तान्तरण गर्न नमिल्ने नियम रहेको बताएको छ। ट्रम्पले यसलाई महान सम्मान भन्दै सामाजिक सञ्जालमार्फत मचादोको प्रशंसा गरेका छन्। यो कदमलाई भेनेजुएलामा जारी राजनीतिक संकट र अमेरिकी समर्थनको सांकेतिक कडीका रूपमा हेरिएको छ। यसैबीच, इरानमा प्रदर्शनकारीहरूलाई दिन लागिएको करिब ८०० जनाको सामूहिक मृत्युदण्ड तत्कालका लागि रोकिएको ह्वाइट हाउसले दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएलगत्तै तेहरानले उक्त कदम रोकेको अमेरिकी सञ्चार सचिव क्यारोलिन लेभिटले जानकारी दिनुभयो । प्रेस ब्रिफिङका अनुसार राष्ट्रपति ट्रम्पलाई इरानभित्रका महत्त्वपूर्ण स्रोतहरूले मृत्युदण्डका योजना स्थगित गरिएको सन्देश पठाएका थिए । इरानमा पछिल्लो समय आर्थिक संकट र सरकारी दमनका विरुद्ध देशव्यापी प्रदर्शन भइरहेका छन् । अमेरिकाले इरानको स्थिति नजिकबाट नियालिरहेको र मानव अधिकार उल्लंघन जारी रहे सैन्य विकल्पसहितका सबै बाटा खुला रहेको चेतावनी समेत दिएको छ। यद्यपि, इरानी पक्षले भने यसबारे स्पष्ट आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ :राजन भट्टराई

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सम्बन्धित

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

अब इरानमा आन्दोलनकारी मारिने छैन–ट्रम्प

शासन परिवर्तनको समस्या

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको नेतृत्व रुसी अन्तरिक्षयात्रीलाई हस्तान्तरण

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com