काठमाडौ , बैशाख ६ । वाम विश्लेषक हस्त बहादुर केसीले नेपालका वामपन्थीहरु मासिदै गएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने ओली,प्रचण्ड जस्ता नेतालाई वामपन्थी नेता भन्नै मिल्दैन । उनीहरु वापन्थीको नारा रटेर चुनावमा जादा जनताले किन पत्याएनन त ?कार्यक्रममा उनले भने मुलुकका वामपन्थीहरु फुटदै जानु र विपक्षीले स्थान पाउनु स्वभाविक हो । फागुन २१ मा भएको निर्वाचन पनि वामपन्थीहरु एक नहुदा विपक्षीहरुले सक्दो स्पेश पाएको उनको भनाई छ । ओली प्रचण्ड फेरि एक हुने सवालमा उनले भने झिनो आशा छ । यस्तै कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद भीम कुमारी बुढाले आफनो जातियताको हक अधिकार तथा अवस्थाको विषयमा संसदमा शशक्क्त भुमिका खेल्ने बताएकी छन । उनले आफु र आफनो पार्टीको एजेण्डा स्थापित गर्न केही कसुर वाकी नराख्ने उल्लेख गरेकी छन ।



















प्रतिक्रिया दिनुहोस्