ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य


एबीसी न्यूज
असार ३, २०८३ बुधबार   ८ : ३५   बजे

काठमाडौं, ३ असार । चितवनबाट अपहरणमा परेका १६ वर्षीय बालकलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गर्न सफल भएको छ । योजनाबद्ध गरिएको अपहरणमा प्रहरीको कुशल अपरेशनका कारण नारायणगढबाट अपहरणमा परेका बालक सम्भावित दुर्घटनाबाट जोगिएका छन् ।

भारतबाट आएका ६ जनाले असार १ मा नारायणगढमा ११ कक्षा पढ्ने तयारी गरिरहेका बालक अपहरण गरेका हुन् । अपहरणमा परेका बालकका बुवा नारायणगढमा सुन पसल चलाउँछन् ।

अचानक छोरा सम्र्क बिहिन भएपछि सुन पसल सञ्चालकले चितवन प्रहरीलाई जानकारी गराए । प्रहरीले खोजी कार्य सुरु गरेपछि नयाँ नम्बरबाट पीडितको ह्वाट्स एपमा फोन आयो । अपहरणकारीले भने, ‘छोरा चाहिए २२ लाख तयार गरेर सम्पर्क गर्नु ।’ त्यहि नम्बरलाई पछ्याउँदै अनुसन्धान अधिकृतहरू आरोपीहरू सम्म पुगेका हुन् । बालकलाई मंगलबार साँझ गोंगबुस्थित नयाँ बसपार्कमा रहेको होटल फेमिलीबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

अपहरणमा परेका बालक र भारतको बिहारस्थित बेतिया घर भएका १८ वर्षीय सुजित कुमार पूर्वपरिचित हुन् । सुजित र पीडित बालक कक्षा ७ र ८ मा नारायणगढमा सँगै पढेका थिए । नेपालमा पढाइ छाडेर भारत फर्किएका सुजितले ‘नेपाल आएको छु, भेट्न आऊ’ भन्दै पीडितलाई फोन गरे । स्कुले साथीलाई भेट्न भनेर बालक नारायणगढस्थित सुजितले बोलाएको होटलमा पुगे । होटलमा २ घण्टा राखेपछि सुजित र उनीसँगै रहेका अरु ५ जनाले उनलाई भारतिय नम्बर प्लेटको गाडीमा राखेर काठमाडौँतर्फ ल्याएको अनुसन्धानमा संलग्न डीएसपी अनिल घिमिरेले जानकारी दिए । उनले भने, ‘सुजितले पीडितलाई इन्स्टाग्राममा फोन गरेर घुम्न आएका छौँ भनेको रहेछ ।’

सुजितसँग गाडी चालकबाहेक ६ जना भारतबाट सँगै आएका थिए । बेतिया घर भएका गोलु कुमार शाह, गोलु कुमार, बिक्की कुमार र मोहम्मद साहिदसहित ६ जना सँगै आएका हुन् । उनीहरू ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवक र गाडीका चालक फरार छन् । जेठ २ गते बिहान १ बजे काठमाडौं आइपुगेपछि अपहरणकारीहरूले गाडी भारततर्फ फिर्ता पठाएको खुलेको छ ।

आरोपीहरूले भारतबाटै अपहरण गरेर फिरौती माग्ने योजना बनाएर नेपाल आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अपहरणकारीहरूले रक्सौलमा आएर नेपाली नम्बरको सिमकार्ड लिएका थिए । त्यही नम्बरको ह्वाट्स एपबाट उनीहरूले बालकका बुवालाई फोन गरेका हुन् । बालकलाई अपहरण मुक्त गर्ने शर्तमा उनीहरूले परिवारसँग २२ लाख फिरौती मागेका थिए ।
अपहरणकारीले बालकलाई कुटपिट गरेर रकम नल्याए हत्या गर्ने धम्की दिँदै घाँटीमा धेरै पटक चक्कु राखेर यातना दिएको उनले प्रहरीसँग बताएका छन् ।

शौचालयबाट फ्याँकेको त्यो चिर्कटो

अपहरणकारीले यातना दिएपछि बालकले भने, ‘शौचालय जान्छु ।’ बसपार्कस्थित होटल फेमिलिको शौचालयमा गएर उनले एउटा कागजमा आफू नारायणगढबाट अपहरणमा परेको उल्लेख गर्दै प्रहरीलाई खबर गरिदिन आग्रह गरेर कागजमा लेखे । उनले थप लेखे, ‘मेरो बुवाको नाम र नम्बर यो हो, म अहिले अपहरणमा परेका छु ।’

त्यो चिर्कटो उनले शौचालयबाट बाहिर फालिदिए । चिर्कटो भेट्नेले प्रहरीलाई खबर गरेपछि उद्धार गर्न थप सहज भएको एसएसपी खड्काले बताए ।

अपहरणकारीले पीडित परिवारसँग २४ घण्टामा रकमको व्यवस्था गर्न भनेका थिए । चिर्कटो भेट्नेले उननका बुवालाई पनि फोन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group