काठमाडौं, ३ असार । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले अदालतमा आत्मसमर्पण गरेका छन् । उनी बुधबार सर्वोच्च अदालतमा उपस्थित भएका हुन् । व्यवसायी रामहरि श्रेष्ठको अपहरण र हत्या मुद्दामा सर्वोच्च अदालतले उनलाई १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
२०८३ जेठ २८ मा न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाले पुनरावलोकन सुनुवाइ गर्दै त्यसअघि भएको फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय तोकेका थिए ।
कालिकोटको माल्कोट घर भएर काठमाडौँ बस्दै आएका बटालालाई सर्वोच्च अदालत प्रशासनको मुद्दा तथा रिट महाशाखाले कारागार कार्यालय डिल्लीबजार चलान गरेको छ । फैसला भएको मितिले ६० दिनभित्र हाजिर भएर कैदमा बसेमा जरिवानाको २० प्रतिशत मिनाहा कुने कानुनी व्यवस्था छ । अब, बटालाले २० प्रतिशत सजाय छुट पाउने सर्वोच्चका अधिकृतहरू बताउँछन् । २०६८ असार ६ मा काठमाडौँबाट अपहरण गरेर व्यापारी रामहरि श्रेष्ठलाई चितवनमा लगेर हत्या गरेको कसुरमा उनी दोषी ठहर भएका हुन् । बटाला तत्कालीन माओवादी लडाकुका ब्रिगेड कमान्डर थिए ।


















प्रतिक्रिया दिनुहोस्