ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रिनल्यान्डदेखि युरोपसम्मः यी हुन् ट्रम्पले डाभोसमा भनेका मुख्य १० कुरा


एबीसी न्यूज
माघ ८, २०८२ बिहीबार  ८ : २४ बजे

काठमाडौं, ८ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार डाभोसमा भएको विश्व आर्थिक मञ्चमा सम्बोधन गरेका छन्। यस क्रममा उनले ग्रिनल्यान्ड, कर, नेटो र युरोपलगायत धेरै विषयमा विचार राखे।
यी हुन् ट्रम्पको भाषणका मुख्य कुराः

युरोपः आफ्नो भाषणको सुरुमा ट्रम्पले भने, युरोप सही दिशामा गइरहेको छैन। उनले यसमा बढ्दो सरकारी खर्च, अनियन्त्रित सामूहिक बसाइँसराइ र अनन्त विदेशी आयात कारण रहेको दाबी गरे।ग्रिनल्यान्डः ट्रम्पले डेनमार्कबाट ग्रिनल्यान्ड प्राप्त गर्न तत्काल वार्ता चाहेको बताए। उनले भने, अमेरिकाले मात्र यो विशाल भूमि, यो विशाल बरफको टुक्रा जोगाउन सक्छ।

ग्रिनल्यान्ड–आइसल्यान्डः डोनाल्ड ट्रम्पले डाभोस सम्बोधनमा ग्रिनल्यान्ड पटकपटक उल्लेख गरे। तर कतिपटक उनले भुलेर ग्रिनल्यान्डको ठाउँमा आइसल्यान्ड पनि भने।बल प्रयोगः यसलाई आफ्नो भाषणको सबैभन्दा ठुलो कुरा भन्दै ट्रम्पले आफू बल प्रयोगको पक्षमा नरहेको दाबी गरे। उनले भने, मलाई बल प्रयोग गर्न आवश्यक छैन। म बल प्रयोग गर्न चाहन्नँ। म बल प्रयोग गर्दिनँ।

नेटोः ग्रिनल्यान्ड कब्जाले नेटोलाई हानि पुर्‍याउने दाबी ट्रम्पले अस्वीकार गरे। उनले भने, हामी धेरै दिन्छौँ र बदलामा धेरै कम पाउँछौँ।

अर्थतन्त्रः ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकाले आर्थिक चमत्कार गरेको दाबी गरे। उनले भने, महँगी घटेको छ र यसअघि कुनै देशले आर्थिक वृद्धि हासिल गरेको छ।भन्सारः उनले भने, यो आर्थिक प्रगतिको एउटा कारण विदेशी देशहरूमा लगाइएको भन्सार शुल्क हो, ताकि उनीहरूले गरेको क्षतिको पूर्ति गर्न सकियोस्।

बसाइँसराइः ट्रम्पले भने, युरोपले टाढाका देशहरूबाट पूर्ण रूपमा फरक जनसंख्या ल्याइरहेको छ। साँच्चै भन्ने हो भने युरोपका केही भाग अहिले चिन्न नसकिने भएका छन्।युक्रेनः ट्रम्पले भने, म राष्ट्रपति पुटिनसँग कुरा गरिरहेको छु र मलाई विश्वास छ– उहाँ सम्झौतामा पुग्न चाहनुहुन्छ। म राष्ट्रपति जेलेन्स्कीसँग पनि कुरा गरिरहेको छु र मलाई विश्वास छ– उहाँ पनि सम्झौता चाहनुहुन्छ।

चीनको वायु फार्मः ट्रम्पले भने, चीनले ठूलो संख्यामा वायु टर्बाइन उत्पादन गर्दछ, तर मैले चीनमा कतै पनि वायु फार्म फेला पार्न सकिनँ। यद्यपि बीबीसीले यो दाबीलाई असत्य ठानेको छ। विश्वको सबैभन्दा ठूलो वायु फार्महमध्ये एक चीनको गान्सु प्रान्तमा छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com