ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–इजरायलको आक्रमण दोस्रो हप्तामा प्रवेशः इरानमाथि अझ भीषण हमला गर्ने ट्रम्पको चेतावनी


एबीसी न्यूज
फाल्गुन २३, २०८२ शनिबार  ६ : १० बजे

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि “अझ भीषण आक्रमण” गरिने चेतावनी दिएका छन्। इजरायल–अमेरिकाले संयुक्त रूपमा सुरु गरेको आक्रमण दोस्रो सातामा प्रवेश गरिरहँदा ट्रम्पले शनिबार यस्तो चेतावनी दिएका हुन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले “मध्यपूर्वका छिमेकी देशहरूसँग माफी माग्दै आत्मसमर्पण गरेको” दाबी गरेका छन् । तर इरानका राष्ट्रपति मसूद पेजेश्कियानले राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकाले मागेजस्तै “निःशर्त आत्मसमर्पण” गर्ने सम्भावनालाई अस्वीकार गरेका छन्।
“हामीले निःशर्त आत्मसमर्पण गर्ने भन्ने कुरा हाम्रो शत्रुले लिएर जाने सपना मात्र हो,” पेजेश्कियानले विश्वास व्यक्त गरेका छन् ।
उनले इरानले फारस खाडीका देशहरूमाथि गरेको ड्रोन र मिसाइल आक्रमणबारे क्षमा मागे पनि इरानमाथि आक्रमण गर्न प्रयोग भएको भू–भागबाट खतरा आए त्यसको जवाफ दिने अधिकार आफूहरूसँग सुरक्षित रहेको बताएका छन्। इरानले हाल खाडीका देशहरूलाई लक्ष्य बनाउनुको कारण त्यहाँ अमेरिकी सैन्य अड्डा रहेको दाबी गर्दै आएको छ।
खाडी क्षेत्रमा अझै आक्रमण गनेए संकेत
इरानी राष्ट्रपतिको सम्बोधनलगत्तै कतार र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। यसले युद्ध तत्काल रोकिने सम्भावना अझै अस्पष्ट रहेको संकेत दिएको छ।
इजरायली सेनाले शनिबार राति इरानको राजधानी तेहरान तथा केन्द्रीय क्षेत्रमा “व्यापक हवाई आक्रमण” गरिएको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानस्थित मेहराबाद विमानस्थल पनि आक्रमणको निशानामा परेको थियो।
सयौँको मृत्यु, क्षेत्रीय तनाव अझ विस्तारित
अमेरिका–इजरायल र इरानबीच सुरु भएको युद्धले एक हप्ताभित्रै सयौँ मानिसको ज्यान लिइसकेको छ। इरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार अधिकांश मृत्यु इरानमै भएका छन्।
उता लेबनानमा पनि इरान समर्थित हिज्बुल्लाहमाथि इजरायलले आक्रमण तीव्र बनाएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ २०० भन्दा बढी मानिसको मृत्यु भएको छ।
इजरायली युद्धविमानहरूले शुक्रबार राति बेरुतको दक्षिणी क्षेत्रमा बारम्बार बमबारी गरेका थिए। सेनाले सो क्षेत्रका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको थियो।
नर्वेजियन रिफ्युजी काउन्सिलका अनुसार युद्ध तीव्र बनेपछि लेबनानमा करिब ३ लाख मानिस विस्थापित भएका छन्।
बेरुतबाट विस्थापित ३५ वर्षीय मोहम्मद हजौला भन्छन्, “यो युद्धको मूल्य हामी नागरिकहरूले तिर्नुपरेको छ।”
तेल र ग्यासको मूल्यमा उछाल
युद्धका कारण विश्व बजारमा तेलको मूल्य पनि तीव्र बढेको छ। अमेरिकी कच्चा तेलको मूल्य एकै दिनमा झण्डै १० डलर बढेर प्रति ब्यारेल करिब ९१ डलर पुगेको छ, जुन २०२३ पछिको उच्च स्तर हो।
अमेरिकामा पेट्रोलको औसत मूल्य पनि १४ प्रतिशत बढेर प्रति ग्यालोन ३।४१ डलर पुगेको छ। विश्लेषकहरूका अनुसार यो वृद्धि पहिले नै सुस्त बन्दै गएको विश्व अर्थतन्त्रका लागि ठूलो झट्का हुन सक्छ।
खामेनेईको बंकरमा आक्रमण
इरानी सरकारी टेलिभिजनका अनुसार तेहरानस्थित सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई बस्ने परिसरमा पनि आक्रमण भएको छ। इजरायलले त्यहाँ रहेको भूमिगत बंकर नष्ट गरेको दाबी गरेको छ। उपग्रह तस्बिरहरूले सो स्थानमा भवनहरूमा क्षति पुगेको देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।
मानवीय संकटको चेतावनी
संयुक्त राष्ट्रसंघका आपतकालीन राहत संयोजक टम फ्लेचरले युद्ध लम्बिएमा मध्यपूर्वमा ठूलो मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।
यसैबीच अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना पर्याप्त नभएको भन्दै आलोचना पनि खेपिरहेको छ।
हालसम्म दुवै पक्षका बयानहरू परस्पर विरोधाभासी देखिएकाले युद्ध रोक्ने कूटनीतिक मार्ग अझै स्पष्ट देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पको आदेश, विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत

सम्बन्धित

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पको आदेश, विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत

लुम्बिनीका उद्योग हटाउन सर्वोच्चको आदेश : ७० अर्ब लगानीका ४० उद्योग र १० हजार रोजगारी जोखिममा

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

बालेन सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण : स्वघोषित स्रोतसहितको तुलनात्मक विवरण (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com