ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको निर्वाचनबारे भारतीय प्रधानमन्त्री मोदीको प्रतिक्रिया


एबीसी न्यूज
फाल्गुन २३, २०८२ शनिबार  ५ : २५ बजे

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनका लागि नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले नेपाली दिदीबहिनी तथा दाजुभाइले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुसी लागेको बताएका छन्। उनले यसलाई नेपालको लोकतान्त्रिक यात्राको महत्वपूर्ण र गौरवपूर्ण क्षणका रूपमा वर्णन गरेका छन्।

छिमेकी राष्ट्रका रूपमा भारत सधैं नेपालको स्थिरता, विकास र समृद्धिको पक्षमा रहेको पनि उनले उल्लेख गरेका छन्। साथै उनले भारत नेपालका जनता र आगामी दिनमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्न सधैं प्रतिबद्ध रहेको बताएका छन्।

मोदीले आगामी कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै साझा शान्ति, प्रगति र समृद्धिका लागि सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लागेको सन्दर्भमा भारतीय प्रधानमन्त्रीको यो सन्देशलाई कूटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। उनले नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति भारतको समर्थन रहने र आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ हुने संकेत दिएका छन्।

भारतले नेपालको आर्थिक तथा सामाजिक विकासका प्रयासमा निरन्तर साथ दिने प्रतिबद्धता पनि मोदीले दोहोर्‍याएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी र सार्वजनिक खरिद अध्यादेश जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com