ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने


एबीसी न्यूज
बैशाख १७, २०८३ बिहीबार  ८ : ४३ बजे

काठमाडौं, १७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोर बिहीबार साँझ तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। तीनदिने भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट्ने तय भए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्ने सम्भावना नरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।प्रधानमन्त्री शाहसँग भेटका लागि प्रस्ताव आए पनि कामको चापका कारण भेट्ने निश्चित नभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। ‘प्रधानमन्त्रीज्यूको व्यस्तताका कारण भेट्ने समय मिलेको छैन,’ उनले भनिन्।विशेष दूत गोरले परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग भेटसँगै सगरमाथा क्षेत्रको भ्रमणमा जाने कार्यक्रम भने तय भएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले परराष्ट्रमन्त्री खनाल, अर्थमन्त्री वाग्ले, परराष्ट्रसचिव अमृतबहादुर राईसँग विशेष दूत गोरले भेट्ने कार्यक्रम तय भएको जानकारी दिए।प्रधानमन्त्री शाहले अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञहरूसँग एक्लै भेट गरेका छैनन्। प्रधानमन्त्रीमा नियुक्तलगत्तै उनले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूसँग सिंहदरबारमा सामूहिक भेट गरेका थिए। प्रधानमन्त्रीको यही नीतिका कारण उनले विशेष दूत गोरलाई भेट्ने सम्भावना नरहेको विशेष स्रोतले जानकारी दियो।यसअघि डेढ साताअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले पनि प्रधानमन्त्री शाहसँग भेट्न पाएनन्। उनले पनि प्रधानमन्त्री शाहसँग भेटका लागि आग्रह गरेका थिए।गोर भारतका लागि अमेरिकी राजदूतसमेत हुन्। यस क्षेत्रका अमेरिकी राजदूतहरूले उनलाई रिपोर्ट गर्ने गर्छन्।३९ वर्षीय गोर ट्रम्पका निकट मानिन्छन्।गत चैत २७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा शक्तिशाली सरकार बनेपछि नेपाल आउन लागेका गोर अहिलेसम्मकै उच्च तहका कूटनीतिज्ञ हुन्। उनले चैत १२ गते रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर निर्वाचन सफलताका लागि बधाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी र सार्वजनिक खरिद अध्यादेश जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com