काठमाडौं ३० माघ । नौ महिनादेखि युक्रेनी सैनिकको हिरासतमा रहेका दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पा र तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा यही माघ १८ गते स्वदेश फर्किए। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ ओर्लिएका उनीहरूले नेपालखबरसँग कुरा गर्दै ठूलै युद्ध जितेजस्तो महसुस भएको प्रतिक्रिया दिए। ...