ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संकटमा इजरायल-हमास युद्धविराम, आगोमा घ्यु थप्दै ट्रम्प


एबीसी न्यूज

काठमाडौं २९ माघ । इजरायल र हमासबीचको युद्धविराम गम्भीर संकटमा परेको छ। इजरायली पक्षले युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै हमासले बन्धक रिहा प्रक्रिया रोकेको छ। युद्धविरामका बेला पनि इजरायली सेनाले गोली चलाएर गाजाबासीको ज्यान लिइरहेको छ। त्यस्तै गाजामा सेनाको संख्या बढाएको, आफ्नो स्थानमा फर्किन लागेका गाजाबासीलाई अवरोध गरेको लगायतका आरोप पनि हमासले इजरायलमाथि लगाएको छ।

त्यसपछि इजरायल र अमेरिकाले हिंसाको चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा सम्पूर्ण बन्धक रिहा नभए सम्झौता भंग गर्नुपर्ने बताएका छन्।

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँगको भेटपछि गाजापट्टी अमेरिकाले कब्जा गर्ने बताएका थिए। गाजाका बासिन्दालाई त्यहाँबाट अन्यन्त्र पठाउनुपर्ने उनको भनाइ छ।

ट्रम्पको यस्तो अभिव्यक्तिलाई इजरायलले अनुमोदन गरेको छ। इजरायली सेनालाई गाजाका नागरिकलाई सो ठाउँ छाड्न उत्प्रेरित गर्न आदेश दिइएको छ।

नाजुक युद्धविराममाथि संकट पैदा भएसँगै इजरायलले युद्धको तयारी पनि थालेको संकेत देखिन्छ। इजरायली सेनाले सैनिकका लागि छुट्टी रद्द गरेको छ भने गाजावरिपरि सैन्य संख्या पनि वृद्धि गरेको छ।

हमासले भने इजरायलले युद्धविरामका सर्त पालना गरे मात्रै बन्धक घर फर्किने बताएको छ। उसले धम्कीको भाषा प्रयोग नगर्न पनि चेताएको छ।

ट्रम्पको उत्तेजक अभिव्यक्तिले परिस्थितिलाई झनै गम्भीर तुल्याइरहेको छ। गाजाबासीलाई हटाउने ट्रम्पको अभिव्यक्ति र त्यसलाई अनुमोदन गर्ने इजरायली कदमका कारण सम्भवतः हमासले युद्ध अवश्यंभावी देखेको हुनुपर्छ।

सोही त्रासका कारण उसले बन्धक रिहा रोकेको अनुमान कतिपय विश्लेषकले गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com