ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप


एबीसी न्यूज
बैशाख १८, २०८३ शुक्रबार  १२ : ५६ बजे

काठमाडौं १८ वैशाख । सरकारले काठमाडौंको बालाजुस्थित ओग्यन जम्लिङ टेरमा गुम्बामा डोजर चलाउने तयारी गरेपछि बौद्ध धर्माम्बलम्विहरुले आपत्ति जनाएका छन् । 
बुद्धको २५७० औ जन्मजयन्तिको अवसरमा विश्वभर शान्ति र समृद्धिको सन्देश फैल्याउने काम भईरहेका बेला शुक्रवार सरकारले अनधिकृत भन्दै उक्त गुम्बामा डोजर चलाउने सूचना दिएपछि उनीहरुले आक्रोश पोखेका हुन् । उनीहरुले सरकारको उक्त कदमलाई बौद्ध धर्ममाथिको ठाडो प्रहारको रुपमा लिँदै प्रधानमन्त्री बालेन्द्र साहको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री साहले आफ्नो शपथ बौद्ध भिक्षुहरुलाई राखेपछि सोही धर्मको आस्थाको केन्द्र गुम्बामा भने डोजर चलाउने काम सह्य नहुने गुम्बाका सञ्चालक उमेश लामाले बताउनु भयो । उहाँले सरकारले बौद्ध धर्ममाथि नै आक्रमण गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । 
लामाले भन्नुभयो,‘हामी के भन्न चाहन्छौँ भने यो गुम्बा भत्किँदै गर्दा कुनैपनि बौद्धमाथि आक्रमण नहोस् । बौद्ध धर्ममाथि आस्था राख्नेहरुमाथि डोजर नचलोस् । यो गुम्बा भत्किदै गर्दा यसमा सरकारलाई सहजीकरण गर्न हामी तयार छौ । तर के यो गुम्बा फेरि यही अवस्थामा उभिन सक्छ । भन्ने सरकारलाई मेरो प्रश्न छ । यो बौद्ध धर्ममाथिको सरकारको ठाडो प्रहार हो । किनभने हिजो बालेन्द्र साह प्रधानमन्त्री हुँदाखेरी १०७ जना भिक्षुहरु साँची राखेर सपथ खाएर डोङपिटनेहरु आज गुम्बामा डोजर चलाईदैछ । यसमा विचार पु¥याउनु पर्दैन ? यो कुनै पनि अतिक्रमण होइन । यो गुम्बाको नाममा ८ आना जग्गा कब्जा गर्न बौद्ध धर्ममाथि गरिएको आक्रमण हो । यस्तो काम सरकारले नगरोस् ।’ 
करिव ८ आना जग्गामा २०५७ सालमा स्थापना गरिएको सो गुम्बाको हाल १४÷१५ करोड मूल्य पर्ने सो गुम्बा संचालक समितिको अनुमान छ । सञ्चालक समितिका सदस्य लामाले सो गुम्बा सरकार आफ्नै सम्पत्ति भएपनि डोजर आतंक चलाएर सरकारले आफ्नै सम्पती नष्ट गरेको हुने जिकिर गर्नुभयो । साँढे २ तले सो गुम्बाको भवन रहेको छ । त्यसमा डोजर चलाउने प्रयास गरेर सरकारले गुम्बा संरक्षण गर्ने आफ्नो दायित्व समेत बिर्सिएको भन्दै बौद्ध भिक्षुहरुको जिकिर छ । उनीहरुले ती गुम्बाहरुको संरचना भत्काउने कदमको जिम्मेवारी सरकार आफैँले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल

सम्बन्धित

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल

खाना पकाउने ग्यास फेरि महँगियो,ग्यास कुनै विलासी वस्तु होइन : यो आधारभूत आवश्यकता हो।

सम्पत्ति छानबिन आयोग: ‘ठुला माछा’ लाई उन्मुक्ति र ‘छनोटपूर्ण’ न्यायको आशंका !

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com