काठमाडौं, ७ जेठ । डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो । जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो । ...