
पाँचथर, ७ जेठ । पाँचथरमा दुई घरपरिवारका ९ जनाको विभत्स हत्या भएको छ भने १ बालिका घाइते छिन्। जिल्लाको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे भन्ने स्थानमा हत्या भएको हो । १ बालिका घाइते छिन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या गरिएको जानकारी दिनुभयो। प्रहरी घटनास्थल जाँदै गरेकाले हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी छ । घाइते बालिकालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । विभत्स हत्या कसले, किन गर्यो भन्ने खुलेको छैन ।
नजिकैको इलाका प्रहरी कार्यालयसँगै जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ’, प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिनुभयो । ‘प्रहरी घटनास्थल नपुगी यसबारे थप केही भन्न सक्ने अवस्था नभएको पौडेलले बताउनुभयो ।
घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।








प्रतिक्रिया दिनुहोस्