ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप


एबीसी न्यूज
चैत्र २, २०८२ सोमबार   ७ : ५५   बजे

काठमाडौं । भ्रष्टाचार मुद्दामा जेलमा रहेका प्रदीप अधिकारी, पूर्वमहानिर्देशक नागरिक उड्डयन प्राधिकरण, ले आफूमाथिको छानबिन प्रभावित पार्न अन्डरवर्ल्ड समूहदेखि तान्त्रिक बाबासम्म प्रयोग गरेको आरोप सार्वजनिक भएको छ।

विदेशबाट उच्चपदस्थ व्यक्तिलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथिको अनुसन्धानका क्रममा अधिकारीको संलग्नता खुलेको प्रहरी स्रोतले जनाएको छ। पाठकमाथि हाल जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ।

अनुसन्धानअनुसार पाठकले फिलिपिन्सबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग**का प्रमुख आयुक्त **प्रेमकुमार राईसहित अन्य उच्च पदाधिकारीलाई धम्की दिएका थिए। प्रहरीले भने उक्त धम्की प्रकरणमा अधिकारीले नै पाठकलाई प्रयोग गरेको र यसमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने संकेत गरेको छ।

प्रहरीका अनुसार अधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचार सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुर्‍याइरहेका बेला उक्त धम्कीको श्रृंखला सुरु भएको थियो। पाठकलाई १० करोड रुपैयाँ दिने सहमति गरी धम्की दिन लगाइएको दाबी अनुसन्धानमा खुलेको छ। सो रकममध्ये करिब दुई करोड रुपैयाँ एक चिनियाँ व्यापारीमार्फत हुन्डीबाट पठाइएको प्रारम्भिक सूचना रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पाठकलाई गत २८ माघमा इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको थियो। उनका मोबाइल र बयानको आधारमा थप व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको बताइएको छ।

यस प्रकरणमा प्राधिकरणकै दुई बहालवाला अधिकारीले इमेल आइडी खोलिदिने र हुन्डीमार्फत रकम पठाउन सहयोग गरेको आशंकामा उनीहरूसँग पनि सोधपुछ गरिएको छ।

तान्त्रिक प्रयोगको आरोप

अनुसन्धानका क्रममा अधिकारीले एक भारतीय तान्त्रिक बाबालाई प्रयोग गरेको आरोप पनि बाहिर आएको छ। तेलंगनाको किरमनगर घर भएका सराई किनेरा (जय जगदम्बे बाबा) नामका तान्त्रिकमार्फत अख्तियारका पदाधिकारीलाई तन्त्रमन्त्रबाट क्षति पुर्‍याउने प्रयास गरिएको प्रहरीको दाबी छ।

प्रहरीले ती बाबालाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाएको छ। प्रारम्भिक बयानमा उनले अधिकारीको आग्रहमा तन्त्रमन्त्र गरेको स्वीकार गरेको बताइएको छ। प्रहरीका अनुसार व्हाट्सएपमार्फत अख्तियारका पदाधिकारीको फोटो पठाई ‘दुष्ट व्यक्तिलाई नष्ट गर्न केही गर्नुपर्छ’ भन्ने सन्देश पठाइएको विवरण मोबाइल परीक्षणबाट फेला परेको छ।

भ्रष्टाचार मुद्दा भने रोकिएन

अन्डरवर्ल्ड धम्की र तान्त्रिक प्रयोगको आरोप लागे पनि अधिकारीविरुद्धका भ्रष्टाचार मुद्दा भने अघि बढिसकेका छन्। भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दा दायर भइसकेको छ। हेलिपोर्ट निर्माण प्रकरणमा उनी हाल पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

सम्बन्धित

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group