ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य उपचार सेवा


एबीसी न्यूज


काठमाडौं, ६ जेठ । घरदैलोमै स्वास्थ्योपचार सेवा पाउन थालेपछि म्याग्दी रघुगङ्गा गाउँपालिकाका ज्येष्ठ नागरिक दङ्ग परेका छन् । शारिरीक अशक्तताका कारण स्वास्थ्य संस्थामा गएर उपचार गराउन नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी रघुगङ्गा गाउँपालिकाले घरदैलोमै स्वास्थ्योपचार सेवा शुरु गरेपछि उनीहरु दङ्ग परेका हुन् ।

गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई घर आँगनमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र आयुर्वेद औषधि वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । आयुर्वेद शाखाका प्रमुख कविराज लक्ष्मण शर्मा चालिसेसहितको टोलीले गाउँपालिकाका वडा नं ५ झीँ, वडा नं ६ पाखापानी, ७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेका १५० भन्दाबढीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको टोलीका स्वास्थ्य संयोजक चालिसेले जानकारी दिनुभयो । गाउँपालिकाका सबै वडामा यो सुविधा प्रदान गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

वृद्धवृद्धा र अशक्तको सेवाका लागि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सबै वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ । ४३ क्षयरोगी भेटिए म्याग्दीमा यो वर्ष ४३ क्षयरोगी फेला परेका छन् । क्षयरोगीको पहिचान गर्ने क्रममा चालू आर्थिक वर्षको वैशाखसम्ममा जिल्लामा ४३ क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । क्षयरोगी पहिचान तथा उपचारका विधिबारे सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गत वर्ष ५६ जनाको उपचार गरिएको स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्यले बताउनुभयो । “नयाँ क्षयरोगी थपिने सम्भावना छ, अधिकांश फोक्सो र घाँटीका रोगी भेटिएका छन्”, उहाँले भन्नुभयो । प्रमुख आचार्यका अनुसार जिल्लाभित्र अझै २४ क्षयरोगी रहेको अनुमान गरिएको छ ।

नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छोडेर पुनःबल्झिएर उपचारमा आउने गरेको बताउँदै उहाँले जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने स्वास्थ्य कार्यालयका सुपरभाइजर मनिष महतोले बताउनुभयो । उहाँले फोक्सो, ग्रन्थी, हड्डीका साथै पेटमा देखिए पनि फोक्सो र घाँटीको क्षयरोगीको सङ्ख्या बढ्न थालेपछि अभियानलाई तीव्रता दिनुपर्ने अवस्था आएको बताउनुभयो । नियमित औषधि र पौष्टिक आहार सेवन गरेमा क्षयरोग निको हुने दाबी उहाँको छ । सामान्य क्षयरोगीले छ महीना औषधि खाए निको हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

जिल्लामा लुकेका क्षयरोगीको पहिचानका लागि बेनी अस्पताल, मालिका गाउँपालिकाको दरबाङ, धवलागिरि गाउँपालिकाको ताकम, अन्नपूर्ण गाउँपालिकाको शिख र भुरुङ तातोपानीमा खकार परीक्षण केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com