ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेम विवाहमा धोका खाएपछि न्याय खोज्दै गङ्गा


एबीसी न्यूज
जेष्ठ ६, २०७६ सोमबार  ५ : ५५ बजे


काठमाडौं, ६ जेठ ।  “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन्नुभयो । सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइएला भन्ने कहिले सोच्नु भएन ।

“हामीले एक अर्कालाई औधि माया गर्दथ्यौँ, सबथोक उहाँलाई सुम्पे र विश्वास गरे, विवाह गरेको कुनै प्रमाणसमेत बनाइन”, कवरले भावुक हुँदै भन्नुभयो । विवाह गरेको चार महीनामै उक्त प्रेमजोडी अकल्पनीय रुपमै छुट्न पुग्यो । “श्रीमान्ले म कमाउन जान्छु भन्थे, अहिले माडी गाउँपालिका–३ तालाबाङ निवासी लालकुमारी घर्तीसँग भागेका छन् रे भन्ने सुनेको छु”, रुँदै कवरले बेदना पोख्नुभयो । श्रीमान् बेपत्ता भएपछि अहिले उनी घर न घाटको हुनुभएको छ । “आठ महीनासम्म आउँला भन्दै उसैको बाटो हेर्दै सासूसँग घरमै बसे, अब त आउँला भन्ने आशानै मरिसक्यो”, निरास बन्दै उहाँले थप्नुभयो । श्रीमान्ले गरेको अन्यायको विरुद्ध न्याय खोज्न विभिन्न सङ्घ संस्थामा भौतारिरहेकी कवरसँग वैवाहिक बन्धनमा बाँधिएको कुनै कानूनी आधार पनि छैन ।

२ नम्बर वडाध्यक्ष खिमबहादुर घर्तीले भने केही आश लाग्ने प्रतिक्रिया जनाउनु भएको छ । “गाउँमा विवाह गरेको सबैलाई थाहा छ, यो नै सबैभन्दा ठूलो प्रमाण हो, मैले साक्षी सर्जिमिनको रुपमा सिफारिस गरेको छु, यो नै व्यावहारिकतामा ठूलो प्रमाण हो”, वडाध्यक्ष घर्तीले भन्नुभयो । कानूनीरुपमा न्याय पाउनका सबैभन्दा ठूलो प्रमाण विवाह दर्ता हो, की त श्रीमान्को नाममा नागरिकता हुनु प¥यो, यदि त्यति गर्न सकिएन भने विवाह गरेको फोटो अडियो भिडियो भए पनि प्रमाण हुन सक्छ, महिला तथा बालबालिका सेवा केन्द्रका मीनाकुमारी विकले भन्नुभयो । “यति भन्दैमा आफूहरुले कुनै प्रक्रिया भने नचाल्ने भन्ने कुरो छैन, हामीले मातहतका सबै युनिटमा हुलिया पठाएका छौँ, पीडकलाई पक्रेर लिन निर्देशनसमेत दिएका छौँ, हेराँै कुनै पाटोबाट पीडितलाई न्याय दिन सकिन्छ की”, विकले थप्नुभयो ।

“अधिकारकर्मी पनि कानूनको आधारमा लड्ने हो, विवाह गरेको कुनै प्रमाण नहँुदा न्याय दिलाउन केही गाह्रो छ तर पनि हामी हर प्रयत्न गरेर पीडितलाई न्याय दिलाउने पक्षमा छौँ”, महिला अधिकारकर्मी तीर्था आचार्यले भन्नुभयो । सानै उमेरमा लहलहैमा विवाह गर्ने, पछि धोका खाइएला भन्ने हेक्कासमेत नराख्दा रोल्पामा यस्ता खालका घटना थुप्रै घट्ने गरेका छन । कानूनीरुपमा विवाह प्रमाणित हुनका लागि विवाह दर्ता बलियो आधार हो । विवाह गरेको ३५ दिनभित्र वडा कार्यालयमा विवाह दर्ता गर्न गए निःशुल्क दर्ता गरिन्छ । विवाहपछिको यो अनिवार्य प्रक्रियाजस्तै हो । विवाह गर्ने क्रममा फोटो, भिडियो वा अडियो रेकर्ड गरी सुरक्षित राख्नु पर्दछ । माइती पक्षबाट नागरिकता बनाएको छैन भने श्रीमान्को नाममा तुरुन्त नागरिकतासमेत बनाउनुपर्छ । विवाह गरेको निश्चित समयभित्र यी प्रक्रिया नपु¥याउँदा धेरैजसो महिला अन्यायमा पर्ने गरेका छन् ।

चालू आर्थिक वर्ष २०७५–७६ मा हालसम्म ८१ वटा घरेलु हिंसाका घटना महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका छन् भने ७४ वटा घरेलु हिंसा मिलापत्र भइसकेको छ । यसै आवमा लैङ्गिक हिंसाका घटना १८ वटा दर्ता भएका छन् । यसरी आउने उजुरी अधिकांश मिलापत्रमै टुङ्गिने गरेको छ । देश सङ्घीयतामा गइसके पनि स्थानीय सरकारमा पीडितले न्यायको महसुस नगरेपश्चात् जिल्ला प्रहरी कार्यालयमा नै यस्ता घटना दैनिकी आउने गरेको महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com