काठमाडौं,४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहीबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँग भेटवार्ता गर्ने भएका छन् । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको साइडलाइन’मा उनीहरूबीच भेटवार्ता हुन लागेको हो । न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपति ...